Pokharapatra National Daily

फेवातालको सिंसार क्षेत्रमा अतिक्रमण सुरु भएसंगै तत्काल रोक्न आग्रह

फेवातालको सिंसार क्षेत्रमा अतिक्रमण सुरु भएसंगै तत्काल रोक्न आग्रह गरिएको छ ।
पोखराको फेवातालको बाध मर्मत गर्न हाल तालको पानी सुकाएको मौका छोपी केही ठाँउमा सिंसार क्षेत्र अतिक्रमण गर्न थालेसंगै त्यस कार्यलाई अविलक्व रोक्न गण्डकी प्रदेश सभा सदस्य(सांसद) रामजी प्रसाद बराल (जीवन)ले माग गरेका छन् ।
बाध बनाउने नाममा फेवातालको सिंसार क्षेत्र अतिक्रमण हुने कार्य कुनै हालतमा राम्रो नभएकोले त्यस तर्फ सरोकार पक्षको अविलम्ब ध्यान जानुपर्ने उनको भनाई छ । बाध मर्मत हुने समयमा सिंसार क्षेत्र अतिक्रमणलाई प्रोत्साहान गर्न नहुने सांसद बरालले जनाए । यस बिषयमा पोखरा नागरिक समाजका अगुवा रामबहादुर पौडेलले सार्वजनिक सम्पत्ति माथी कसैले अतिक्रमण गरे त्यसलाई महानगरले कारवाही गर्नु पर्ने बताए । उनले भने “हामीले फिर्के पुल देखि नागरिक समाजबाट सार्वजनिक सम्पत्ति संरक्षणको अभियानमा लागेका छौं, यदि कसैले मापदण्ड विपरित कुनै संरचना बनाएको भेटिएमा हामी पनि आवश्यक कारवाही गराउन पछि पर्दैनौं ।” पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपालीले पोखराको फेवातालमा पटक पटक अतिक्रमण बढ्दै गएकोले पुनः अतिक्रमण भए तत्काल कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । सार्वजनिक सम्पत्ति माथि कसैले अतिक्रमण गरेमा त्यसको संरक्षण गर्नु स्थानिय नागरिक समाजको समेत दाहित्व भएको उनले बताए । संसार क्षेत्रमा कसैले पनि स्थानिय निकाय नगरपालिका तथा महानगरपालिकाको अनुमति विना आफ्नै जग्गामा पनि माटो खन्न तथा थुपार्न पाईदैन तर फेवाताल सिरान क्षेत्र खपौदीमा भने अवैध ढंगले घर टहरा निमार्ण गर्न सुरु गएको स्थानियले बताए । पोखराका होटल व्यवसायी तुलसी नारायण श्रेष्ठले खपौदीमा केही समय अघि फलामको ट्रसबाट अस्थायी भवन निर्माण गरे पनि हाल फेवातालको पानी सुकेको मौका छोपी तालको दलदल भागबाट पर्खाल सहितको भवन निर्माणको लागि रड सहितको पिल्लरहरु समेत राखेर रातरात काम सुरु गरेको स्थानियले जनाएका छन् । करिब दुई बर्ष अघि फेवातालको सिंसार क्षेत्रमा महानगरको अनुमति विना माटो पुरेर भौतिक संरचना बनाएको भन्दै महानगरले डोजर नै लगाएर अस्थायी भवनको टहरा भत्काएको थियो । उत्त क्षेत्र आफुहरुको लालपूर्जा भएको श्रेष्ठ परिवारको दाबी छ । २ बर्ष अघि पोखरा महानगरपालिकाले मापदण्ड विपरित निर्माण भएको अस्थायी घर सहितको टहरा भत्काए पनि हाल उक्त स्थानमा आर्सिसि सहितको भवन निर्माणको काम रातरात सुरु भएको स्थानिय स्थानियले बताए ।
पोखरा सेदीबगरका एक युवा व्यवसायी किशोर दाहालले फेवातालको किनारामा दलदल जमिनको भाग हाल रातरात पुरेका छन्। कृषि क्रान्ति गर्न दलदल भागमा हाल माटो राखेर जमिनको भाग सम्माएको उनले बताए । यसै बर्ष देखि उत्त जमिनमा मकै लगाउने तयारी गरेको दाहालले जनाए ।
फेवातालको बाधको रवरशिल र लन्चिन एप्रोन(शुसन) पानीले खिएका कारण बाधबाट पानी चुआवट भएकोले त्यसको मर्मतको कार्य हालै जारी रहेको हुदा फेवातालको पानीको करिब २ मिटर घटाइएको छ । गत बर्ष फेवातालको बाधको अध्ययन अवलोकन सहितको प्रतिवेदन तयार गरी तत्काल बाध मर्मत गर्नु पर्ने भनी गण्डकी प्रदेश सरकारलाई राय पेश गरे बमोजिम यस चालु बर्ष बाध मर्मत कार्य सुरु भएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख कीरण आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्