Pokharapatra National Daily

सत्तामा बसेर राज्यशक्ति र श्रोत दुरुपयोग नगर्न कास्कीका नेताहरुको आग्रह

सक्तामा बसेर राज्यको शक्ति र श्रोत दुरुपयोग नगर्न कास्कीका केही राजनीतिक दलका नेताहरुले आग्रह गरेका छन् ।
रेडियो अन्नपूर्णले सोमबार रेडियोमा आयोजना गरेको वर्तमान राजनीतिको अबस्थाको बारेमा कास्कीका नेताहरुसंगको सामुहिक छलफल कार्यक्रम द राउण्ड टेवल मा सहभागि कास्कीका नेताहरुले सत्तामा बसेका प्रधानमन्त्री र मन्त्रीहरुले विभिन्न नाममा जनतालाई भेला गर्ने गरी सत्ताको शक्ति र श्रोत दुरुपयोग नगर्न आग्रह गरेका हुन् । आर्थिक विकास र समृद्धिको नारा दिएको सरकारले हाल ३ बर्ष पुरा हुन नपाई पुनः संसद विघटन हुनु र दिन दिनै जसो सभा सम्मेलन तथा सडकमा आन्दोलन हुनुले देशलाई थप अस्थिरता निम्तिएकोमा नेताहरुले चिन्त्ता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा (दाहाल÷नेपाल समुह) का नेता बखानसिंह गुरुङले आफुहरु संविधानको रक्षाको लागि र प्रतिगमन बिरुद्ध बाध्य भयर सडकमा उत्र्रिन परेको दाबी गरेका छन्। उनले भने “पार्टी भित्रको बिबाद पार्टी भित्रै आफ्नै घर भित्रै बसेर मिलाउनु पथ्र्यो तर आज प्रधानमन्त्री ओलीले तानाशाह प्रबृत्ति अपनायर देशलाई अस्थिरता तिर लैजाने अनिर्णयको बन्दि बनाउने काम गर्नु भएको छ ।” संसद विघटन गर्नु गलत कार्य बिरुद्ध आफुहरु बाध्य भयर सडकमा ओर्लिनु परेको नेता गुरुङको भनाई छ । प्रधानमन्त्री ओलीले जनता सामु गरेको विश्वास माथि ठुलो घात गरेको उनको आरोप छ । प्रधानमन्त्री र सरकारमा बस्ने मन्त्रीहरु आफ्नो पार्टीको स्वार्थको लागि सडकमा आउनुले राज्यको सक्ताको चरम दुरुपयोग भएको नेता गुरुङको आरोप छ ।
कार्यक्रममा बोल्दै नेकपा (ओली समुह) का कास्की अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले प्रधानमन्त्री ओलीले संसद विघटन नगरेको भए देश आजको भन्दा बढी अराजक तर्फ जाने बताए । दाहाल नेपाल समुहले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताप लगेर प्रधानमन्त्रीलाई हटाई देशमा अराजक र थप अस्थिरत निम्ताउन खोजेको उनको आरोप थियो । कागेंसले बिरोध गरे पनि चुनावमा जानको लागि तयारी सुरु गरेको सांसद थापाले बताए । कागेंस सांसदले निर्वाचन पूर्वाधार विकासको रकम दुरपयोग गरी सिरेक र खोल लगायतका बस्तु खरिद गरी दुरुपयोग गरेको सांसद थापाको आरोप थियो । अझै पनि दाहाल नेपाल समुहले आत्मआलोचना गरी आएमा पार्टी एक भएर अघि बढ्न सक्ने सम्भावना रहेको उनको भनाई थियो । नेपाली कागेंस कास्कीका सभापति कृष्ण केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको शक्ति दुरुपयोग गरी आफ्नो पार्टीको स्वार्थको लागि जनताको काम नगरी सडकमा आएको आरोप लगाए । सत्तामा बस्ने अनि राज्यको सेवा सुविधा लियर पार्टीको कार्यक्रममा अन्यत्र जाने प्रधानमन्त्रीको कदम तत्काल सच्चिनु पर्ने उनको भनाई थियो । उनले भने “प्रधानमन्त्री सवैको अभिभावक हो नी, उहाँले त बलुवाटार, सिंहदरवारबाटै देश र जनताको हकहितमा काम गर्नु पर्नेमा सक्ताको दुरुपयोग गरेर देश दौडामा सडकमा जाने, २०४६ सालमा पूर्व राजा वीरेन्द्र साहको जस्तै शैलि अपनायर प्रधानमन्त्री ओलीले झल्को दिएको छ ।” संसद विघटनको बिरोधमा कागेंसले पनि चरणबद्ध रुपमा देशै भरी आन्दोलन गर्दै आएको नेता केसीको भनाई छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ३ बर्षसम्म ल्याएको बजेटमा विकास बजेट कहिले पनि जनताले चाहे अनुसारको खर्च गर्न नसकेको उनको आरोप थियो ।
जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले देशमा अस्थिरता र अराजकता बढ्ने खतरा बढेकोले अब देशका सवै राजनीतिक पार्टी एक भई प्रतिगम बिरुद्ध लाग्नु पर्ने बताए । राजनीतिक नेतामा नैतिकवान गुम्दै गएको टिप्पर्ढी गर्दै उनले नैतिकवान हुन आग्रह गरे । प्रधानमन्त्री ओलीको कदम बिरुद्ध सयुक्त मोर्चा बनायर शसक्त्त आन्दोलन गर्नुपर्ने समय आएको नेता गुरुङको भनाई थियो ।
रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले रेडियोले सोमबारदेखि साप्ताहिक रुपमो समसामयिक रुपमा सामुहिक छलफल कार्यक्रम द राउण्ड टेवल कार्यक्रम सुरु गरिएको बताए । उनले रेडियोले जन—चहाना अनुसारका थप कार्यक्रम समेत संचालन गर्दै जाने बताए । कार्यक्रमको संचालन रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए ।

प्रतिकृया दिनुहोस्