Pokharapatra National Daily

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइन्छ । तराइमा भने त्यसको भोलीपल्ट मनाइने गरिन्छ । फागु पर्वमा विभिन्न रंग दलेर मनाउने गरिन्छ । रिस, राग ईष्र्या गर्न छाडेर आपसी एकता, सद्भाव र मित्रता कायम गर्न प्रण गर्ने दिन पनि हो फागु (होली) । फागु पूर्णिमा धार्मिक कथासँग जोडिएको पर्व हो । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले हुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होल्लिकालाई प्रल्हदका साथ दन्किरहेको आगोमा पस्न लगाउदा होलिका आफैं भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा फागुसँग जोडिएको छ ।
शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको प्रतिक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको मानिन्छ । द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न मामा कंशद्वारा पठाइएको राक्षस्नी पुतनाले विष दलिएको स्तन चुसाउन लाग्दा असफल भइ मारिइन । पुतनालाई गोपालवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख छ । अनेक मिथकमा आधारित फागु वा होली हाम्रो मौलिक पर्व हो । फागु वा होलीलाई रंगको पर्वको रुपमा समेत मनाउने गरिन्छ । नेपालका हिमाल, पहाड र तराइमा मनाउने गरिन्छ । मुस्ताङमा थकालीहरुले तोरन्त भनेर मनाउँछन् । फागुमा प्रयोग हुने रंगमा रातो रंगलाई विजयको प्रतिक मानिने गरिन्छ । होलीका दहनलाई सत्यको विजय भएको ठानी विजयप्रकट गर्ने रातो रंग प्रयोग हुने गरेको छ । निलो रंग मानवता र धैर्यतालाई दर्शाउँछ । पहेलो रंग भगवान श्रीकृष्णको प्रिय रंग हो ।
होलीले मानिस अनि रंगहरुवीचको सम्वन्ध र रंगले पार्ने उत्साह वा बारेमा व्याख्या गरेर रंगको पर्वको रुपमा लिने गरिएको छ । यो पर्व नेपालको सबै भूगोल, हिन्दु, बौद्ध र मुस्लिम धर्म मान्नेले पनि मनाउने गरेका छन् । सबै उमेर समुहले फागु मनाउने गर्दछन् । फागु पर्वमा पहाड र तराईमा छुट्टाछुट्टै दिन सार्वजनिक विदा दिने गरिएको छ । सबै समुदायका नेपालीवीच एक आपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सघाउँदै आएको छ । जसरी होली एकता, सद्भाव, मित्रताका लागि खेलिन्छ त्यसरी नै देश र जनताको समृद्धि र खुशीका लागि राजनीतिक शक्ति, दल र दलभित्रको मेलमिलाप, एकता र सद्भावको खाँचो छ । आपसमा मिल्न छोडेर घृणा र आरोपको खेती गर्ने प्रवृत्ति हटाउनु पर्छ सामाजिक सञ्जालको माध्यमबाट फैलिएको घृणा दैष र निन्दाको प्रवृत्ति हटाएर मेलमिलाप र सदभाव कायम हुन सके होलीको महत्व यस्तो बेलामा बढ्दै जान्छ । चाडपर्वहरु मनाउँदा त्यसको ऐतिहासिक र सांस्कृतिक महत्ववारे जानकारी दिने काम कम हुँदै गएको छ । हरेक चाडपर्व अहिले व्यापार गर्ने माध्यम भएका छन् । खेतवारी, जंगल या प्रकृतिमा उम्रेका या भेटिने प्राकृतिक रंग प्रयोग गरेर खेलिने फागु आयातित रंगको प्रयोग हुने गरेको छ । मानव स्वास्थ्यमा असर पार्ने रंगको प्रयोग गर्ने, टिसर्ट बनाएर बेच्ने, मादक पदार्थ र पेय पदार्थ बेच्ने अवसरको रुपमा लिने गरिएको छ ।
रंग दल्ने भन्दा पिचकारी छ्याप्ने काम भएका छन् । हाम्रा संस्कृतिमाथि एकपछि अर्को अतिक्रमण भएको छ । पर्वहरु हाम्रो जीवनका पर्याय हुन् । पर्व मनाउँदा सु–स्वास्थ्य र दिर्घायुको कामना गर्ने गरिन्छ । पूजीवादले मानवको स्वास्थ्य, दिर्घायू र खुशी भन्दा व्यापारलाई जोड दिँदा पर्वमा विकृति भित्रीएका छन् । आयातित सामानले मौलिकता हराउँदै गएको छ । पर्व बुझेर मनाउने र मानव जीवनलाई असर पु¥याउने रंग र अन्य बस्तु भन्दा प्राकृतिकको प्रयोग गरेमा पर्वको सान्र्दभिकता वढेर जानेछ । बजारको लहलहैमा बस्तु र सामाग्रीको प्रयोग गरेमा स्वास्थ्यमा असर पुग्ने र मौलिकता हराउदै जान्छ । हामीले मनाउने चाडपर्वको महत्व बुझ्नु र बुझाउनुपर्छ । बुझेर मनाउन सकेमा चाडपर्वको महत्व बढेर जानेछ । फागु पर्वको सबैमा शुभकामना !

प्रतिकृया दिनुहोस्

नयाँ वर्ष उत्साह र आशाको वर्ष बन्न सकोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८३ शुरु भएको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...