Pokharapatra National Daily

वडा नं. १० मा बाल क्लब गठन

पोखरा महानगरपालिका वडा नं. १० मा वडा स्तरिय बाल क्लब गठन गर्न वडा सदस्य सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले किरण सुवेदीको अध्यक्षतामा ११ सदस्य वडा स्तरिय बाल क्लब गठन गरेको छ ।
उक्त बाल क्लबको उपाध्यक्ष संगिता श्रेष्ठ, सचिव बिबेक बम, कोषाध्यक्ष संगिता तामाङ्ग, सह( सचिव रनिका गुरुङ्ग र सदस्यहरुमा अनिता बि.क., प्रेम बहादुर नेपाली, बिनयक गुरुङ्ग, बिपना नेपाली, अनिश गुरुङ्ग र सरोज कार्की निर्बिरोध निर्बाचित भएका छन् । भेलाले क्लबको संरक्षकमा वडा सदस्य सम्मर बहादुर श्रेष्ठलाई चयन गराईएको छ । उक्त कार्यक्रममा कालिका मा बिका प्राचार्य बलराम गिरीले निर्बाचित सबैलाई शुभकामना दिदै सपथ गराएका थिए । कार्यक्रममा, वडा नं ९ का समाजसेवी उत्तम जोशी, वडा नं १२ का समाजसेवी गोबिन्द घिमिरे, राम मन्दिर माछापुच्छ«े महिलाका अध्यक्ष माया गुरुङ्ग भूजेल लगायतकाले बाल क्लबका बारेमा बोलेका थिए ।
उक्त भेलामा नव निर्वाचित बाल क्लबका अध्यक्ष किरण सुवेदीले सबैलाई धन्यबाद दिदैं बालबालिकाहरुको हक हितका कार्यमा लाग्ने प्रतिबद्धता गरेका कार्यक्रममा सृष्टि टोल आमा समूहका अध्यक्ष देउमाया गुरुङ्ग, श्रीकृष्ण मन्दिर आमा समूहका सचिव कमला गुरुङ्ग समेत करिब ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा २३ जनाले उमेदवारी दिई काम गर्न अग्रसर भएको उक्त बाल क्लब गठन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा – १० का उपसभापति जीवन श्रेष्ठले स्वागत गरेका बाल क्लब गठन कार्यक्रमका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको सभापतिमा सम्पन्न कार्यक्रमको संचालन नागिन टोल बिकास सस्थाका अध्यक्ष धन माया गुरुङ्गले कार्यक्रम संचालन गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्