Pokharapatra National Daily

समुदायिकमूखि हुन रेडियो सक्रिय हुनुपर्ने

आम समुदायप्रति पूर्ण समर्पित भई समुदायमूखि कार्यक्रमहरु गर्न सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ ।
१० औँ विश्व रेडियो दिवसको सन्दर्भमा नयाँ विश्व नयाँ रेडियो अभियान बोकेको सामुदायिक रेडियो प्रसारक संघ मार्फत देशैभर रेडियोको माध्यमबाट भएको कार्यक्रमहरुबढी प्रभावकारी रहेको छ । रेडियोबाट हुने कार्यक्रमको माध्यमबाट समुदायमा प्रत्यक्ष जोडिने मौका सहित आवाज विहीनको आवाज बन्न रेडियोको रचनात्मक सहयोग रहेको संघका केन्द्रिय सदस्य गणेश श्रेष्ठले बताए ।
रेडियोलाई थप प्रभावकारी बनाउँदै पोखरालाई मिडिया हब सेन्टरको रुपमा विकास गर्न सबै रेडियोको एकता महत्वपूर्ण रहने श्रेष्ठले बताए ।
सामुदायिक रेडियो प्रसारक संघ कास्कीका अध्यक्ष मोतिसागर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, प्रबन्धक योगेन्द्र श्रेष्ठ, रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङ्ग, थ्रि एन्जल्स रेडियोका सञ्चार प्रमुख जीवन सुवेदी, रेडियो पश्चिम पोखराका मंगला तिमिल्सिना, मानवअधिकार पत्रकार संघ गण्डकी (हुर्जा) का महासचिव सुसिल श्रेष्ठ लगायतले रेडियोको भूमिकाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
सोही कार्यक्रममा माला रानी रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर नविन खत्रीलाई पोखरामा रहेका ९ वटा सामुदायिक रेडियोहरुबाट रु. २७,००० संकलन गरी, संघको सङ्कलन खातामा जम्मा गरिएको छ । कार्यक्रममा संघको प्रभावकारीता, महाधिवेशन सम्बन्धमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्