
पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ ।
पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार रुपैया प्रदान गरिएको छ ।
धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा.डा.बुद्धिबहादुर थापा, साहित्यतर्फ तीर्थ श्रेष्ठ, र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानित हुनु भएको हो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा नवरत्न प्रतिभा छनौट समितिका संयोजक बरिष्ठ काटुनिष्ट दुर्गा बराल वात्सायन, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले सम्मान गर्नु भएको हो । नेपथ्यका गायक गायन क्षेत्रमा चर्चीत व्यक्ति हुनुहुन्छ भने उहाँले वदेशमात्र होईन, विदेशमा पनि सांगीतिक यात्रा गर्दै पोखरा सहित नेपालको नाम उचो पार्ने काम गर्दै आउनु भएको छ । उमेरले ६ दशक पार गर्नु भएको गुरुङको गायन क्षेत्रबाट पोखराको ब्राण्डिङमा उहाँको पनि महत्वपूर्ण योगदान रहेको छ । नेपथ्य व्याण्डबाट नेपथ्य १९९३ बरसातको मौसम, हिमाल चुचुरे १९९५, श्रृंगार १९९९, रेशम २००१, भेंडाको उनजस्तो २००३, घटना (नेपालको घटनाक्रम) २००५, मेरो देश २००९, ऐना झ्याल २०१०, एल्वम एक्स २०१६ लगायतका एल्वम निकाल्नु भएको छ । पोखरा र सिंगो नेपालको पहिचान अभिबृद्दि, पर्यटन प्रवद्र्दन, शान्तिका लागि शिक्षा, सुन्दर शान्त नेपाल, शान्ति संगीतयात्रा, शान्तिका लागि शिक्षा भ्रमण, मानवता प्रवद्र्दनमा पनि उहाँकोे योगदान अतुलनीय छ । त्यस्तै, पोखराका व्यवसायी एवं कृषि उद्यमी चन्द्रकान्त बराल धार्मिक पर्यटन प्रवद्र्दकका रुपमा पहिचान बनाउनु भएको छ । उहाँको अगुवाईमा पोखरा–२२ पुम्दीकोटमा नेपालकै अग्लो बिशाल महादेवको मुर्ति निर्माण गरिएको छ । जसका कारण सुनसान प्रायःहुने पुम्दीकोट अहिले गुल्जार बनेको छ । त्यहाँ हाल दैनिक ५÷१० हजार बढी पर्यटक पुग्ने गर्नु हुन्छ । पोखरेली नवरत्न हुनु भएको तीर्थ श्रेष्ठले साहित्यिक क्षेत्रमा अतुलनीय योगदान दिनु भएको कविताहरु, जीन्दगीको कुरुक्षेत्रबाट, महाभारतका गीतहरु, मेरै हिमालजस्तो, जिन्दगीको गोधुलीमा, धर्सैधर्साको चक्रव्यूहमा, आमा तथा हिउँमा लेखिएका नामहरुलगायतका आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन् । उहाँले पोखरेली युवा सांस्कृतिक प्रतिष्ठान, विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिल गायतका संघ,संस्थाहरुमा निरन्तर सामाजिक सेवा गर्दै आउनु भएको छ । पोखरालाई कर्मथलो बनाउनु भएको पूव मन्त्री समेत रहनु भएको हरि प्रसाद पाण्डे स्थापित उद्योगपती हुनुहुन्छ । उद्योग व्यवसायको प्रवद्र्दन, कलकारखाना÷मेसिनरी टुल्स (प्रविधि)को विकास र रोजगारी सिर्जना गरि पोखराको औद्योगिकरण गर्न उहाँको महत्वपूर्ण योगदान दिनु भएको छ । माछापुच्छ«े मेटल एण्ड मेसिनरी वक्र्स, पोखरा फुड्स, एभरेस्ट ईञ्जिनियरिङ वक्र्स, पोखरा मेसिन टुल्स ईण्डष्ट्रिज, पोखरा नुडल्स तथा रम्बा जनरल फुड ईण्डष्ट्रिज कम्पनी सञ्चालन गर्दै आउनु भएको छ । उद्योगतर्फ मात्र होईन, उहाँले मातृसेवा प्रतिष्ठान मार्फत सयौं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरि शैक्षिक उन्नयनमा योगदान दिदै आउनु भएको छ । महिलाको क्षेत्रमा एक उदाहरणीय नाम हो रामकली खड्का । विगत पाँच दशकदेखि पोखरालाई कर्मथलो बनाउनु भएको खडकाले महिला सीप विकास संस्थामार्फत हजारौं महिलालाई सीप सिकाएर उद्यमशिलता विकास गर्नुका साथै उहाँहरुले उत्पादन गरेका हस्तकलाका सामानहरु निर्यात गरि आर्थिक सशक्तिकरणमा पनि उत्तिकै योगदान दिनु भएको छ ।
पोखराका अग्रज हाल पनि सक्रिय तिलकमान गुभाजु पोखरेली पत्रकारिताका पर्यायजस्तै हुनुहुन्छ । आफ्नो कमलमार्फत ६ दशकदेखि आवाजविहीनहरुको आवाज बन्दै आउनु भएको उहाँले विकृतिविसंगीत बिरुद्द खरो रुपमा प्रस्तुतः हुदै आउनु भएको छ ।
खेलकुदको क्षेत्रमा अतुलनिय योगदान दिने प्रा.डा.बिरेन्द्रसिंह गुरुङको पोखरामा छुट्टै परिचय छ । पोखरा रंगशालाको संरक्षणार्थ पर्खाल निर्माण गर्नु देखि अधिकांश खेलहरु पोखरामा भित्राउने श्रेय पनि उहाँलाई जान्छ । क्रिकेट खेलका लागि मैदान निर्माणदेखि खेल प्रवद्र्दन गर्ने, हक्की, टेनिस, बास्केटबल, एथ्लेटिक्स, भलिबल, फुटबलको विकास, खेलाडी उत्पादन र संरचना निर्माणमा उहाँको उत्तिकै योगदान छ । स्वास्थ्य क्षेत्रका अर्का पोखरेली रत्न प्रा.डा.बुद्दिबहादुर थापा पोखरामा परिचित नाम हो । उहाँले स्वास्थ्य जाँचमार्फत हजारौंलाई स्वस्थता प्रदान गर्नुका साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपति, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट हुदै असल चिकित्सक मात्र नभई चिकित्सा क्षेत्रको भौतिक पूर्वाधार निर्माण, प्राज्ञिक संरचना बिस्तार र दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान दिनु भएको छ । पोखरालाई कर्मथलो बनाउनु भएको अर्का पोखरेली रत्न चन्द्रकृष्ण कर्माचार्य उद्योग र व्यवसायको क्षेत्रमा उहाँको पनि उत्तिकै योगदान रहेको छ ।
कर्माचार्य ग्रुपमार्फत पोखराकै अभिन्न क्षेत्र लेखनाथमा बिस्कुट, तेल, चकलेट, चामल, चिउरा, आँटा तथा डेरीजन्य उत्पादन गरि आयाता प्रतिस्थापन गर्नुका साथै त्यसमार्फत रोजगारी सिर्जना गरेर पोखराको विकासमा महत्वपूर्ण योगदान दिदै आउनु भएको छ । त्यतिमात्र होईन लेखनाथ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष भई उद्योगी, व्यवसायीको हक, हित र अधिकारको क्षेत्रमा तथा लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाको संस्थापक उपाध्यक्ष तथा पूर्व उपाध्यक्ष रहि स्थानियलाई स्वस्थ खानेपानी लगायतको क्षेत्रमा उहाँले पु¥याउनु भएको भूमिका अतुलनिय छ ।
यसैगरी गत बर्ष सबै भन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताको रुपमा नेपाल मणिपाल एजुकेशन घोषित भएको छ । नेपाल मणिपाल एजुकेशन एण्ड ग्रुपले मालपोत सम्पत्ति कर वापतको ३६ लाख १४ हजार १५ रुपैया कर तिरेको थियो । मणिपालले महानगरले यस अघि विभिन्न करको करिब १४ करोड तिर्नुपर्ने थियो हालसम्म उक्त हिसाव मिलान नभएको अबस्थामा मणिपाललाई सम्मान गरेकोमा पोखरेलीले बिरोध जनाएका थिए ।
मणिपालले महानगरलाई तिर्नुपर्ने नक्सापास बापतको करिब १४ करोड तिर्न बाँकी रहेको छ । महानगरले नियमविपरित अस्पताललाई कर छुट दिने निर्णय गरेकोमा स्थानिय र केही जनप्रतिनिधिले बिरोध जनाउदै आएका थिए । मणिपाल अस्पताललाई महानगरको २०७९ चैत १० गते भएको बैठकले कर छुट दिने निर्णय गरेको थियो । बैठकले उक्त कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो । उक्त निर्णय बिरुद्ध १५ औँ नगरसभाले बदर गर्ने निर्णय गर्यो । उक्त सभाले कर निर्धारण समिति गठन गरेकोमा समितिले हालसम्म प्रभावकारी काम गर्न सकेको छैन। राजस्व छुट गरेको विषय अहिले पनि अख्तियारमै विचाराधीन छ । त्यसै गरी पोखरा ग्राण्ड प्रा.लि.उत्कृष्ट करदाता मध्य दोश्रो हुन सफल भएको छ । मणिपालले गत बर्ष २१ लाख ८४ हजार १ सय ८६ रुपैया कर तिरेको महानगरले जनाएको छ । त्यसै गरी महेश बहादुर भट्टराईले ११ लाख १४ हजार १ सय २६ रुपैया मालपोत र सम्पत्ति कर तिर्दै तेश्रो भए । सर्वोउत्कृष्ट कर्मचारीको रुपमा शिक्षा महाशाखाका उपसचिव हेमप्रसाद आचार्य घोषित हुनु भएको छ ।
त्यसै गरी उत्कृष्ट कर्मचारीमा पोखरा २२ को स्वास्थ्य चौकीका सि—अहेब विदुर रेग्मी सम्मानित हुनु भएको छ । उहाँले नगद ३५ हजार सहित सम्मान पत्र प्राप्त गर्नु भयो । त्यसै गरी पोखरा २६ का पाँचौ तहका कर्मचारी नवराज सापकोटा पनि उत्कृष्ट कर्मचारी हुन सफल हुनुभयो ।






