Pokharapatra National Daily

पोखरामा पनि सोनाम ल्होसार पर्व शुभकामना आदानप्रदान गर्दै मनाइयो

तामाङ समुदायको महान पर्व सोनाम ल्होसार पोखरामा पनि शुभकामना आदान प्रदान गर्दै मनाइएको छ ।
नेपाल तामाङ सेवा समाज पोखराको आफ्नै गुम्बा परिसरमा शुक्रबार शुभकामना आदान प्रदान सहित सोनाम ल्होसार पर्व पोखरामा पनि मनाइएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
नेपाल तामाङ घेदुङ गण्डकीका निवर्तमान अध्यक्ष दीपक वाइवाले उक्त कार्यक्रममा शुभकामना दिदै तामाङ समुदायको कला संस्कृतिलाई संरक्षणमा अनुज पुस्ता लाग्नु पर्ने बताए ।
उक्त अवसरमा समाजले बैदाम वडा प्रहरी कार्यालयमा हालै सरुवा भई आएकी डि.एस.पी.चिनुमाया तामाङलाई स्वागत गरेको छ । कार्यक्रममा बोल्दै डि.एस.पी.तामाङले महिलाहरुको हकहितको लागि बिषेश ध्यान दिने बताउदै समग्र पोखराको शान्ति सुरक्षा कायम गर्न आफुहरु अहोरात्र खटिने बताइन् । समाजका अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष एवं रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर संजय मल्ल, व्यूटिसियन चिनु गुरुङ, नेपाल तामाङ घेदुङ जिल्ला महिला अध्यक्ष पवित्रा तामाङ, समाजका उपाध्यक्ष जयन्ती मुत्तान, सचिव कविता योन्जन लगायतले सोनाम ल्होछार पर्वको बारेमा चर्चा गरेका थिए । सरकारले सोनाम ल्होछार पर्वको अवसरमा शुक्रबारसार्वजनिक बिदा
दिएको हो ।

प्रतिकृया दिनुहोस्