Pokharapatra National Daily

केटु हिमाल र धम्पुस पिक हिमाल आरोहीलाई नागरिक अभिनन्दन

पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो चुचुरो के टु हिमाल आरोही र धम्पुस पिक हिमाल आरोहीलाई सोमबार पोखरामा नगर परिक्रमा सहित नागरिक अभिनन्दन गरिएको छ ।
पोखरा पर्यटन परिषदको समन्वयमा के टु हिमाल र धम्पुस पिक हिमाल आरोहीलाई एकै साथ सोमबार पोखरामा बाजा गाँजा सहित नगर परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसी, परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल लगायतले सम्मानत पत्रको साथमा उक्त हिमाल आरोहीहरुलाई दोसल्ला, माला तथा खादा लगायर सम्मान गरेका हुन्। केटु हिमाल (८६११ मिटर) मा नेपालका १० जना पर्वतारोहीले हिउदको जोखिम पूर्ण समयमा यही माघ ३ गते शनिबारका दिन सफल आरोहण गरि इतिहास रचेकोले त्यसको खुसियालीमा उनीहरुको हौसला रुवरुप आफुहरुले नागरिक अभिनन्दन गरिएको अध्यक्ष भट्टराईले बताए । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको उक्त जोखिम मोलेका नेपाली आरोहीलाई नेपाली गौरवको रुपमा पोखरामा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा हिमाल आरोहण गर्ने गण्डकी प्रदेशका निर्मल पुर्जाको आरोहण दलको टिममा मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा र पेम चिरी शेर्पा रहेका छन । त्यसै गरी दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा , दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गरेका उनीहरुलाई सम्मान गरिएको हो ।
वल्र्डरेकर्ड अफ गिनिज बुकमा समेत आफ्नो नाम लेखाउन सफल आरोहीहरुले नेपालको नाम विश्व सामु राख्न सफल भएकोले गर्दा उनीहरुलाई आफुहरुले सम्मान गरिएको अध्यक्ष भट्टराईले जनाए । आफ्नो र आफन्तको सहयोगमा उनीहरुले आरोहणको खर्च व्यबस्थापन गरेका थिए । यसैबिच, माघ ३ गते नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजनामा गरीएको धम्पुस पिक (थापा पिक ६०१२ मिं)आरोहण कार्यक्रममा गण्डकी प्रदेशका ६ जना आरोहीहरुलाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक एंव टान पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर पोखराका अध्यक्ष शुसिलराज पौडेलले बताए । नेपालका डाइमनको रुपमा रहेका हिमाल आरोहीलाई सवै तहका सरकारले उत्तिकै सम्मान गर्न सक्नु पर्ने बताए ।
आरोहण दलका सदस्यहरु टासी पासाङ्ग गुरुङ्ग, मन गुरुङ्ग, सन कुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिरा कुमारी मल्ल रहेका छन उनीहरुलाई सम्मान गरिएको हो ।
आरोही दललाई पोखरा विमानस्थलमा स्वागत गरे पश्चात बाजागाजा सहित नगर परिक्रमा गरी लेकसाइड स्थित माउन्ट कैलाश रिर्सोटमा नागरिक अभिनन्दन भएको हो । उक्त कार्यक्रमले सुस्ताको पर्यटनलाई थोरै भए पनि प्रबद्र्धन गर्न मद्धत पुृग्ने आफुहरुले विश्वास लिएको परिषदका महासचिव रामचन्द्र शर्माले बताए । कार्यक्रममा बोल्दै मेयर जिसीले नेपालको नाम विश्व सामु राख्ने हिमाल आरोहीलाई सवैले सम्मान गर्नु पर्ने बताए ।
उक्त सम्मानले आफुहरुलाई थप उर्जा मिलेकोले पुनः अर्को हिमालहरु पनि आरोहण गर्दै नयाँ इतिहास रच्न लक्ष्य रहेको हिमाल आरोही निर्मल पुर्जाले बताए । धम्पुस पिक हिमाल आरोही हिराकुमारी मल्लले आफुहरु टे«किङ गाइड हुदै धेरै दुःख सहेर भम्पुस पिक हिमाल आरोहण गर्न सफल भएको बताइन्। उनले यस्ता सम्मानले हिमाल आरोहीलाई हौसला हुने हँच्ुदा निरन्तरता दिनुपर्ने बताइन् ।
सगरमाथाको उचाइ पुगेर जीएनएसएस सर्वेक्षण गरेका एवं कास्कीका प्रमुख नापी अधिकृत खेमलाल गौतमले हिउँदको समयमा उच्च शिखर हिमाल आरोहण गर्नु भनेको मृत्युसंग जुध्नु पर्ने जस्तै भएको बताए । कार्यक्रममा पाटाका महासचिव सुमन पाण्डे, अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई लगायतले वोलेका थिए ।

प्रतिकृया दिनुहोस्