Pokharapatra National Daily

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सको वार्षिकोत्सव

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
मुख तथा दन्त स्वास्थ्य सेवातर्फ २१ औ वर्ष पुरा गरेको र इष्टिच्युट अफ हेल्थ साइन्सेस १७ औ वर्ष प्रवेश गरेको अवसरमा दन्त स्वास्थ्य, शिक्षा तथा जनचेतना जगाउने उद्देश्यले मुख तथा दन्त स्वास्थ्य सेवा सम्बन्धी निशुल्क दन्त शिविर यहि माघ १८ गते आइतवारदेखि २३ गते शुक्रवारसम्म सञ्चालन गरि मनाएको छ ।
यहि माघ २१ गते दन्त अस्पतालको २१ औ र इन्ष्टिच्युटको १७ औ वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा संस्थाका संस्थापक अध्यक्ष डा. बुद्धिमान श्रेष्ठको अध्यक्षतामा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा मनाइएको थियो । कार्यक्रम संयोजन प्रशासन प्रमुख सीता श्रेष्ठले गरेकी थिइन भने प्रशासनिक सहायक शुसिला गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन । सो अवसरमा संस्थाका सि.इ.ओ प्रतिकमान श्रेष्ठले अस्पताल तथा इन्ष्टिच्युटको अहिलेसम्मको कार्य तथा प्रगतिको सम्मान गर्दै आगामी दिनमा अझ राम्रो प्रगति होस् भन्ने शुभकामना दिदै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका पब्लिक हेल्थ अफिसर शर्मिला शर्माले दन्त स्वास्थ्यलाई सर्वसुलभ रुपले सशुल्क, निशुल्क र विशेष छुटमा सेवा दिदै आउनुका साथै जेष्ठ नागरिक अति बिपन्न परिवार, अपाङ्गलाई समेत विशेष छुटको व्यवस्था गरेको बताइन । उनले अस्पतालबाट अहिलेसम्म ३००५ जति निशुल्क दन्त शिविर सञ्चालन गरिनुका साथै जसमध्ये २५ लाख जनताहरुले सेवा लिइसकेका छन् भने लगभग ११ लाख जनताहरुले अस्पतालभित्र ओ.पि.डि सेवा तथा परामर्श लिइसकेको बताइन । साथै उनले संस्थाबाट उत्पादित हाइजिनिष्टहरुले पोखरामा स्थापित अस्पताल, क्लिनिकमा रोजगारी पाउनुका साथै दक्ष चिकित्सा सेवा प्रदान गरिरहेको समेत जानकारी गराएकी दिइन । अस्पतालका म्यानेजर बृष्टि गुरुङ्ग श्रेष्ठले संस्था यो अवस्थामा उभिनुको पछाडि सम्पूर्ण कार्यरत कर्मचारीहरुको ठुलो योगदान भएको प्रस्ट पार्दै सम्पूर्ण कार्यरत कर्मचारी तथा शिक्षकहरुलाई धन्यवाद ज्ञापन गरिन ।
सो कार्यक्रममा संस्थाका संस्थापक प्रमुख डा. बद्धिमान श्रेष्ठले शुरुका दिनमा यो संस्था भाडाको घरमा सञ्चालन भएतापनि हाल आफ्नै सुबिधा सम्पन्न भवनमा सञ्चालन भएको र संस्थालाई यो अवस्थामा ल्याउनको लागि आफु लगायत यस संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
डेन्टल हस्पिटल २०५६ माघ २१ गते पश्चिमाञ्चलकै पहिलो अस्पतालको रुपमा पोखराको न्युरोडमा स्थापित भई सञ्चालनमा रहि निरन्तर रुपमा मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुको साथै गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसले २०६२ सालदेखि डेन्टल हाइजिन तथा बिगत दुई बर्षदेखि डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्नोलोजी तथा डायग्नोस्टिक रेडियोग्राफी शिक्षा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्