संसद विघटनको विरोधमा शनिवार देशभर प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका शुभेच्छुक संघसंस्थाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।
पोखरा पनि पृथ्वीचोकदेखि सृजनाचोकसम्म प्रदर्शन गरिएको नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।
प्रदर्शनपछि सृजनाचोकमा आयोजित विरोध सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदम विरुद्व सबै नेपाली एकजुट हुनु पर्ने बताए । उनले कम्युनिष्टले सडक र सत्ताबाट आतंक मच्याएको बताए । कास्की काँग्रेसका सभापति कृष्ण केसीले सर्वसत्तावाद विरुद्व काँग्रेसले जनताका बीचमा संघर्ष जारी राख्ने बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सभापति विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष शंकरबहादुर खत्रीले सञ्चालन गरेका थिए ।
कांग्रेसद्वारा पोखरामा प्रदर्शन
प्रतिकृया दिनुहोस्