Pokharapatra National Daily

संयुक्त रंक्तदानमा ७७ युनिट संकलन

जलेश्वर बहुउद्देश्यीय सर्वहित युवा उप समिती तथा नवदुर्गा युवा क्लब पोखरा १३ आर्वाको संयुक्त आयोजनामा शनिबार आर्वा भञ्ज्याङमा भएको रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ ।
रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मुलमन्त्रका साथ आयोजना गरियको कार्यक्रम का प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिय । उनले रक्तदान जस्तो कार्य गरेको मा आयोजकलाई धन्यवाद दिदै यस प्रकारका कार्यक्रम आगामी दिनमा पनी निरन्तर गर्दै जानु पर्नेमा जोड दिए । उनले युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम सहनिय रहेको भन्दै धन्यवाद दिए । मानिसको जिवन बचाउने रक्तदान जस्तो ठूलो दान अरु केही नहुने भन्दै प्रशंसा ब्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्त संचार केन्द्र पोखरा का प्रमुख अर्जुन ज्ञवालीले सोचेको भन्दा धेरै युनिट रगत संकलन भयको भन्दै रक्तदान गर्दा मानिस स्वस्थकर हुने भएकोले हरेक तीन तीन महिनामा रक्तदान गर्न आग्रह गरे । पत्रकार नविन सिग्देलले रक्तदान जस्तो कार्यक्रम आयोजना गरेर युवा क्लवले उदाहरणीय काम गरेकोमा खुशि ब्यक्त गरे । जलेश्वर बहुउद्देश्यीय सर्वहित समाज का अध्यक्ष भीम बहादुर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सृष्टि बरालले गरेको जलेश्वर बहुउद्देश्यीय सर्वहित युवा उप समिती संयोजक नविन बरालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्