Pokharapatra National Daily

जेष्ठ नागरिक कल्याणकारी संस्थामा बराल

जेष्ठ नागरिक कल्याणकारी संस्था, पोखरा १३ आर्वाको प्रथम अधिवेशन शनिवार आर्वा मा सम्पन्न भएको छ । अधिवेशनले रुद्र नाथ बरालको अध्यक्षतामा ९सदस्यिय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ ।
कार्यसमितीका उपाध्यक्ष बिमला बराल, सचिव टेकनाथ बराल तथा कोषाध्यक्ष कृष्ण प्रसाद सिग्देल छानिनु भएको छ । यस्तै कार्यसमिती सदस्यहरुमा बलराम सिग्देल, होमनाथ बराल, पूर्णभद्र वाग्ले, सुकदेव बराल र जय बहादुर बराल चुनिनु भएको छ । अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिती पनी छानेको छ । सल्लाहकार हरुमा कृष्ण प्रसाद बराल, कृष्ण राज बराल र दामोदर बराल रहेका छन् । प्रथम अधिवेशनको उद्घाटन १०० बर्षकी बृद्धा दिभादेवि बरालले गरेकी थिईन् । कार्यक्रममा बिशेष अतिथि पत्रकार एवं श्री मोहरपानी आदर्श टोल बिकाश संस्था पोखरा, १३ आर्वा का अध्यक्ष श्रीराम सिग्देलले जेष्ठ नागरिकहरुलाई सधैँ माया ममता र सम्मान गर्नु पर्ने भन्दै उनीहरुको हक र अधिकार स्थापित गर्नका लागी आफु सदैब लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे । उहाँले जेष्ठ नागरिकलाई राज्य बाट प्राप्त हुने सेवा सुविधा अपर्याप्त भएकोले पर्याप्त रुपमा सुविधा प्रदान गर्न कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए । अर्का बिशेष अतिथि महाप्रभु धाम धार्मिक तथा पर्यटन बिकाश समिति आर्वा का अध्यक्ष धर्मराज बरालले जेष्ठ नागरिकको संरक्षणमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै मातृभुमीका लागी नेपाली अभियान पोखरा १३ का संयोजक शिबराज बरालले संस्थाको काम कर्तव्य र अधिकार का बारेमा सबै जेष्ठ नागरिक लाई जानकारी हुनुपर्ने बताए ।
सो अबसरमा बास्थला गनगने अँधेरी खोला खानेपानि उपभोक्ता समिति आर्वा का अध्यक्ष नर बहादुर बराल ले जेष्ठ नागरिकको संरक्षणमा आफू हरदम समर्पित भएर लाग्ने बताए ।
जागरण आमा समुहकी अध्यक्ष राधादेबी बराल( बिद्या)ले आमा समूहहरुले पनी जेष्ठ नागरिकका अधिकार लाई सम्मान का साथ अगाडि बढाउन लागि पर्नु पर्ने मा जोड दिइन । श्री मोहरपानी आदर्श टोल बिकाश संस्थाका निवर्तमान अध्यक्ष ऋषि राम सिग्देलले सबै मिलेर जेष्ठ नागरिकहरुलाई माया गर्नुपर्ने बताए । जेष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्बा का अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रुद्र नाथ बरालले संस्थाको कार्य प्रगति को प्रतिवेदन पेशसंगै कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्