Pokharapatra National Daily

प्रधानमन्त्री ओली सत्ता कब्जा गर्ने बाटोमा लागेको नेता पुनको आरोप, ठुलो मुडभेड हुनबाट जोगियो नेता भूषाल

नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता कब्जा गर्ने बाटोमा लागेको आरोप लगाएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा, दाहाल–नेपाल समुह) संवद्ध बौद्धिक संघ, संगठनहरुको तथा जनबर्गीय संगठन संयोजन समिति कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको प्राज्ञिक÷बौद्धिक बहस (विचार गोष्ठी) कार्यक्रम वोल्र्दै नेता पुनले संसद विघटन असंवैधानिक हो भन्दा भन्दै निर्वाचन घोषणा सहित ७७ जिल्लामा भूमि आयोग गठन हुनु प्रधानमन्त्री ओलीको सक्ता कब्जा गर्ने बाटो चालेको आरोप लगाएका हुन् । उनले भने “प्रधानमन्त्री ओलीले अलिहेको चालेको कदम भनेको सर्वसत्तावाद कब्जा गर्ने, राज्यको श्रोतसाधनको अधिक रुपमा दोहन गर्ने, सेटिङ गरेर आफ्ना नेता तथा कार्यकर्तालाई भर्ती गर्ने जसले गर्दा सत्ता कब्जा गर्ने रणनिती हो ।” चार प्रकारका विकल्प हुँदा हुदै त्यो भन्दा बाहिर गएर बिषेश अधिकार भनेर प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक र फाँसीबादी रुपमा आउने हुँदा प्रधानमन्त्री ओली नेतृत्व सरकारलाई घुँडा टेकाउनु पर्ने नेता पुनले बताए ।
हरेक नेता तथा कार्यकर्ताको योग्यता र क्षमताको आधारमा कदर गर्दै देशको भविश्य आफुहरुले सम्हाल्न सक्ने उनको भनाई थियो । कमिसन र गुट तथा उपगुट रहित पार्टी बनाउन आफुहरु लागेको नेता पुनको भनाई थियो ।
नेपालमा अझै पनि दलाल तथा नोकरसाही पूंजिबाद हावी भएकोले यसले देशको आर्थिक विकासमा थोरै योगदान दिने गरेको नेता पुनले बताए । उनले भने “दलाल तथा नोकरसाही पूंजिबादले समग्र अर्थतन्त्रलाई कन्ट्रोल गर्छ, राज्यका प्रशासनिक सहितका अन्य अंगहरु यसरी नै कब्जा गर्ने रणनितीमा भएका प्रधामन्त्री ओली बिरुद्ध अब सवै जनता जाग्नु पर्ने समय आएको छ ।” उत्पादन मुलक उद्योग संचालन गर्न नसक्दा नेपालको अझै पनि करिब १३ खर्ब व्यपार घाटा रहेको उनको दाबी छ ।
रोजगार दिने र पूंजिलाई पुनः विस्तार गर्ने रणनिती नहुदा अर्कोको देशको सामान भित्राएर न्यून नाफा खाएर नेपालको विकास हुन नसक्ने नेता पुनको भनाई थियो ।
नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री घनश्याम भुषालले प्रधानमन्त्री ओलीले बिहीबार नेकपाले आव्हान गरेको आम हडतालमा हड्ताल बिरुद्ध मुडभेड निम्त्याउने गरी ठाँउ ठाँउमा र्याली निकालेको बताए । उनले भने “विभिन्न कारणले गर्दा ठुलो मुडभेड हुने घट्ना टर्यो तर छिट फुट घट्ना भने केही ठाँउमा हुन पुग्यो ।” ¥यालीमा आइ लभ्यू केपी बा भन्ने नाराले व्यक्तिवाद जसले फाँसीबाद तर्फ ओली समुहलाई लगेको उनको आरोप थियो । आफ्नो परिभाषाको साथमा ओलीवाद आएको नेता भुषालले जनाए । प्रधानमन्त्री अ‍ोलीले पार्टी, सरकार र राष्ट्रपति कब्जा गर्ने राष्ट्रपति मार्फत संसद कब्जा गरेको नेता भुषालको आरोप छ । ओलीको पक्षमा केही समुह भएकोले त्यसलाई खेलवाडको रुपमा नलिन समेत उनले आग्रह गरे ।
कम्यूनिष्टमा पाउनु पर्नेले टिकट नपाउदा उमेदवार देखि क्रान्ति चिप्लिन सुरु हुने बताए । देशमा अझै पनि दलाल पूंजिवाद हावी भएको नेता भुषालले जनाए । उनले भने “जति पू.जि भए पनि त्यसले रोजगार र नाफाको केही हिंसाले पुनः अर्को उद्योग व्यवसाय संचालन गर्न सक्दैन त्यसले हाम्रो देशको अर्थतन्त्रमा खासै योगदान दिन सक्दैन ।” संविधानविध चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री ओलीले संविधनमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरे भने पनि वास्तवमा संसद विघटन नभएको प्रतिकृया दिए ।
बरिष्ठ इन्जीनियर ओम शर्माले पार्टीको आलोचना र टिप्पर्ढीलाई मनन गर्नु पर्ने बताए । कार्यक्रममा सहभागिहरुले देशको आर्थिक विकास र स्थिर राजनीति आवश्यक भएकोमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्