
रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु वैदेशिक रोजगारीमा सबैभन्दा बढी यूएई जान्छन् ।
पछिल्लो समय यूरापेली देशमा पनि नेपालीले आफनो गन्तव्य रोज्न थालेका छन् । वेरोजगारी, विदेश पलायन, राजनीतिक अस्थिरताको प्रभाव समाजमा प्रत्यक्ष परिरहेको छ । समाजमा देखिएको निराशा पछिल्लो समय सडकमा अराजकतामा परिणत हुँदै देखिनपनि थालिएको छ । समाजमा देखिएको निराशाको कारण के ? समाजमा आशालाग्दा विषय नभएका हुन् ? यही विषय पोखरामा भइरहेको १२ औँ एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा अन्तरसंवाद भयो । सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न सक्नु अहिलेको कमजोरी रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताए । फेस्टिभलमा भइरहेको निराशा ः व्याख्या र वास्तविकता सत्रमा वक्ता रुपमा बोल्दै थापाले सरकारमा सेन्स अफ अर्जेन्सी नभएको विचार राखे ।
‘निराशालाई चिर्नका लागि एक्सन र रिजल्टबाट हुनुपर्ने कुराहरुमा मजाले मस्ती छ मसँग संख्या छ दुईतीहाई छ भनेको जस्तो जून चाहिँ ढुक्क देखिन्छ । सेन्स अफ अर्जेन्सी देखिदैन,’ गगनले भने । सहजकर्ता तथा पत्रकार उमेश चौहानको प्रश्नको जवाफ दिँदै सत्रमा आएर आफूले प्रश्न गरिरहँदा सरकारको कमिकमजोरीबाट आफूपनि भाग्न नमिल्ने गगनको भनाइ थियो । ‘त्यो नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ तर यसको अर्थ मैले यहाँ प्रश्न गरे यो गरे भन्ने होइन म सरकार सञ्चाल गर्ने जिम्मेवार ठाउँमा भएकाले मेरो संलग्नता भए पनि नभएपनि यसभित्र भएका कमीकमजोरी बाट म भाग्न हुँदैन भाग्दिनँ, यसको सबै दोष पनि मैले यहाँबाट भोगेर जानुपर्छ,’गगनले भने । निराशाकै बिचमा आशा रहेको टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वास्तिका श्रेष्ठले भनिन् । ‘चूनौती छैन भन्ने खोजेको पनि होइन फेरि आशा भनेको एकदमै अन्धो आशा भन्न खोजेको पनि होइन समूदायमा आशापनि छ निराशा पनि छ । आशालाग्दा कुरापनि छ अप्ठ्यारो पनि छन् । तर हाम्रो प्राथमिकता के हुन्छ भने यो कसको जिम्मेवारी हो,’ स्वास्तिाकाले भनिन् ।
सत्रमा वक्ताका रुपमा बोल्दै राजनीतिशास्त्रमा विद्यावारिधि गरेकासोसल साइन्स बहाःका सह–निर्देशक जीवन बानियाँले नेपालमा मात्र निराशा रहेको देश नभएको सुनाए । तर, निराशाको विन्दु र तत्वहरु मुख्य रहेको उनको भनाइ थियो । ‘नेपालमात्र त्यस्तो देश होइन जहाँ निराशा छ । त्यही कुरा हो कि अलिकति निराशाको रेट कति छ ? कारक तत्वहरु के हो ? भन्ने कुरामा चाहिँ फरक हुनसक्छ । नेपालको सन्दर्भमा प्रमुख कारणहरु देखिन्छ । पहिलो कुरा भनेको रोजगारी, दोस्रो हाम्रो राजीनित यीनलाई विभिन्न अध्ययनहरुले पनि त्यही नै देखाइरहेको छ,’जीवनले भने । अस्थिर राजनीति र शासन व्यवस्थाले पनि समाजमा सोही खाल्को प्रभाव पर्ने उनले विचार राखे । यस्तै नेपालले कुनैपनि क्षेत्रमा राम्रो काम गर्न सकिरहेको विचार गलत रहेको सुनाए । विभिन्न क्षेत्रमा गरिरहेको काम आशा लाग्दो रहेको उनको भनाइ थियो । ‘केही नभएको भने होइन । अहिले स्वास्थ्य सेवामा, धेरै राम्रो गरेको छ । आइटी, हाइड्रोमा राम्रो काम गरिरहेका छौँ,’उनले भने । यस्तै दर्शकबाट वक्ताहरु छवि सुबेदीले प्रश्न गर्दै भने,‘नेपाली जनता किन विदेशीन थाले ? नेपाली विद्यार्थी जगतले देश किन छोड्यो ? यसको चिन्ता खै माननीय गगन ज्यू तपाईँ युवा भनेर देशका जनताले आशा गरेका हुन् ?’ त्यसै क्रममा अर्का दर्शकले गगनलाई प्रदेशप्रति निराशा भइरहेको प्रश्न गरेका थिए । ‘दलले बहुमत ल्याउनु सक्दैन भन्ने कुरामा सुधार गर्नुपर्छ । अर्को कुरा प्रदेशमा अधिकार आउनुपथ्र्यो । प्रदेश बलियो हुनुपथ्र्यो यति दुख गरेर ल्याएको व्यवस्थामा यो प्रदेश माथि यति धेरै आक्रमण भइरहेछ । केन्द्रको अधिकार प्रदेशमा ल्याउन कुरा मतलब नै गरे छैन प्रदेश प्रति निराशा भइरहेको छ,’तीनले भने ।
यसको जवाफ दिँदै थापाले प्रदेशलई स्केप गोट बनाउन खोजेको उत्तर दिए । ‘हामीले संघले प्रदेशलाई दिनुपर्ने अधिकार केहीपनि नदिइकन संघीयताको सही अभ्यास नगरिकन फेरिक एउटा स्केप गोट प्रदेशलाई बनाउन खोजिरहेका छौँ,’गगनले उत्तर दिए ।