Pokharapatra National Daily

हामी सरकारमा होइन जनतामै जान्छौंः अध्यक्ष प्रचण्ड

नेकपा माओेबादी (केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुहरु २०८४ अघि सरकारमा नजाने बताउनु भएको छ ।
पोखराको काजिपोखरीमा शुक्रबार तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओबादी ०८४ अघि सरकारमा नजाने तर जनतासंगै जाने बताउनु भएको हो । जनताको तागतमा शक्तिसहित ०८४ मा फेरी यो देशमा समाजबाद तर्फ डोर्याउने गरी बहुमतका साथ आउने उहाँको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामी अहिले जनता सामु जादै गर्दा जनताले अहिले सरकारमा नजानु है भन्नु भएको छ, ९९ प्रतिशत जनताको भनाई आएको छ, ०८४ अघि सरकारमा नजानुहोस भन्नु भएको छ, जनताको मतलाई कदर गर्दै हामी ०८४ अघि सरकारमा अब जादैनौं, तपाँईहरु ढुंक्क हुनुहोस ।” नैतिक रुपमा सबै भन्दा शक्तिशालि पार्टी भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले संविधानमा जनताका समेट्न सक्ने अधिकार समेटेको जनाउनुभयो ।
प्रदेशको सङख्या ११ पुर्याउने र पहिचान सहितको प्रदेश सरकार गठन गर्न आफुहरुले चाहेको उहाँको भनाई थियो । यो देशमा संघिय लोकतान्त्रिक गणतन्त्र भई सके पछि प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपती हुनु पर्ने अध्यक्ष प्रचण्डले जनाउनु भयो । जनसंख्याको अनुपातमा प्रत्यक्ष र पूर्ण समानुपातिक निर्वाचन प्रणालीले मात्रै सम्पूर्ण रुपमा जनतालाई अधिकार सम्पन्न गराउन सक्ने उहाँको भनाई थियो । प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपती र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएमा मात्रै देशमा भ्रष्टचार रोक्न सकिने अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो । यो देशमा स्थायित्व कायम गर्न सकिने जनतालाई समानता तर्फ डोर्याएर लैजान सकिने उहाँको तर्क थियो । यो नारा र मुद्धामा तमु मुक्ति मोर्चाका सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयो । भ्रष्टचारीलाई बचाउन अहिलेको दुई ठुला शक्ति मिलेर सरकार बनेको उहाँको आरोप थियो । देशै भरी माओबादीको माहोल बन्दै आएको अध्यक्ष प्रचण्डको भनाई थियो । कार्यक्रममा माओबादी (केन्द्र) पार्टीका महासचिव देवप्रसाद गुरूङले नेपालको यथार्थ स्थितीमा माओबादी केन्द्रको विकल्प नभएको दाबी गर्दै सबै जाति, लिंग, क्षेत्र, बर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको बताउनु भयो । समाजबादी क्रान्तिको विचार राख्ने माओबादी भएको बताउदै उहाँले पार्टी अध्यक्ष प्रचण्डको नेतृवमा जनबर्गीय संगठनहरु एकतावद्ध भई अघि बढ्न आग्रह गर्नु भयो ।
मोर्चाका अध्यक्ष बखानसिह तमुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व सभामुख माओेबादी नेतृ अन्सरी घर्तीमगर, पाटी गण्डकीका अध्यक्ष गायत्री गुरूङ (कुशुम), उत्पिडन र पहिचान सहितको संघियता प्राप्तीको लागि सुरु भएको फागुन १ गतेको जनयुद्ध दिवसलाई सधै स्मरण गर्न राष्ट्रिय विदा हुनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा विभिन्न पार्टीका नेताहरु माओबादी केन्द्रमा प्रबेश समेत गरेको युवा नेता शरदचन्द्र बरालले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्