Pokharapatra National Daily

दुवै मृगौलाले काम नगरेपछि मिनवहादुर सहयोगी हातको पर्खाइमा

जीवनको गतिसँग हिंड्ने संघर्ष हो । संघर्ष गर्दै बिताउनु नै जीवन हो । समय अनुसार हरेकको जीवनमा प्रत्येक सेकेन्ड सेकेन्डमा कहिले हाँस्नु पर्छ त कहिले रूनु पर्छ । संसारमा कुनै पनि मानिसको जीवन पुर्ण हुंदैन सवैको सहयोगले पुर्ण वनाउने अभ्यास गर्दा गर्दै जीवन माटोमा विलिन हुन्छ । कोही छिटो विलिन हुन्छ, कोही ढिलो विलिन हुन्छ तर एक पटक जसरी पनि विलिन हुनै पर्दछ । तर ३७ वर्षीय युवाको दुवै मृगौलाले काम नगर्नु उनैको साथमा पैसा नहुनु पनि समयको नै खेल हो । पोखरा महानगरपलिका वडा न १४ स्थित कैलाश टोलमा अस्थायी बसोबास गर्दै आएका मिनवहादुर सार्कीको गत चैत वाट मृगौलाले काम गर्न छोडेपछि परिवारलाइ चिन्तामा डुवाएको छ । एक वर्ष पहिला पूर्वतिरको गाइघाट होटलमा कामको शिलशिलामा जाँदा स्वास्थ्यमा समस्या आएपछि धरान अस्पतालमा उपचार गर्ने क्रममा मृगौलाले काम गर्न छाडेको मिनवहादुरले थाहा पाए । उपचारको क्रममा भौतारिहँदै हिड्दा पोखराको चरक अस्पतालमा पुगे पछि हाल सोही अस्पतालमा निःशुल्क डायलासिस गरिराखेका छन् । डा.क्लारा पौडेलले मिनवहादुरलाइ आर्थिक समस्यले धेरै निरास वनाएको भएपनि आँफुले सक्दो सहयोग गर्दै आएको वताइन । १० महिना अघिदेखी भएको विरामीलाइ हाल सम्म निःशूल्क चरक अस्पतालले डायलासिस गरिहेको डा.पौडेलले वताइन् । मिनवहादुरलाइ प्रत्यारोपण गरिसकेपछि पनि नियमित औषधी प्रयोग गुर्न पर्ने भएकोले सवैको सहयोगको खाँचो रहेको भनिन् । मजदुरी गरी आफ्नो परिवार पलिरहेका मिनवहादुर आँफै थलपरेपछि परिवारको समेत विचल्ली पर्दै गएको छ ।
बाबा होमवहादुर सार्की र आमा पार्वती सार्कीको पनि शरिर कमजोर हुँदै जानाले पिडा माथी पिडा थपीएकोले यो परिवारलाइ केही सहयोग गर्र्नु पर्छ भन्ने उद्देश्यले समाजसेवी रामचन्द्र कार्कीले आर्थीक संकलनमा सवैसँग अनुरोध गरी प्राइम बैकमा समेत खाता खोल्न सहयोग गरेका छन् । आफ्नै बाबाको मृगौला प्रत्यारोपण गर्न पनि मिनवहादुरलाइ करिव २० लाख लाग्न सक्ने कार्कीले भने । सहयोगी मनहरु वा समाजसेवीहरुले प्राइम बैंकको खाता नं १२४००००१द्य५ मा पैसा जम्मा गरी सहयोग गर्न सक्नु हुनेछ । साथै विरामी मिनवहादुर सार्कीकै फोन नं ९८०५८०६८२३ पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्