Pokharapatra National Daily

१३ कुष्ठरोगीलाई विदेशवाट खाद्यान्न

विदेशमा ज्यान स्वेशमा ध्यान । युकेमा बस्दै आएकी सिता गुरुङको सक्रियतामा आफ्नै इष्टमित्रवाट संकलित रकम ६८ औं विश्व कुष्ठरोग दिवसको अवसरमा खाध्यन्न वितरण गरिएको छ ।
पोखरा आरोग्य आश्रम नेपाल कुष्ठरोग निवारण संघ पोखरा–१५ शाखामा खाध्यन्न वितरण गरिएको हो । आश्रममा रहेका १३ जना कुष्ठरोगीहरुलाइ १५ किलो चामल, एक किलो दाल, एक लिटर तेल, एक किलो चिनी एक किलो नुन र छ वटा साबुन प्रदान गरिएको शिक्षासेवी लक्ष्मी गुरुङले वताइन् ।
युकेमा बस्दै आएका शुसिला गुरुङ, माया गुरुङ, कृष्ण गुरुङ, ओम कृष्ण गुरुङ, सिता गुरुङ, भिम गुरुङ, चेरजङ, लक्ष्मी गुरुङ, सरला गुरुङ भोलेन गुरुङ, बिनायक गुरुङ, मिनु गुरुङ, साइसा गुरुङ, युवराज गुरुङ लगायतवाट संकलित रकम ५६ हजार आठसय रुपैयाँवाट सहयोग गरिएको हो ।
सिता गुरुङकै आफन्त शुश्मा गुरुङ, विद्या गुरुङले सो सामाग्री वितरण गरेका थिए । सहयोगी मनका धनीहरु सवैलाई उद्योगपति तथा समाजसेवी बद्रिनारायण श्रेष्ठले धन्यवाद दिएका थिए । विकासप्रेमी समाजसेवी मनु गुरुङ, उमरशोभा गुरुङ र भिममाया गुरुङ र कल्पना गुरुङ उपस्थितिलाइ पनि कार्यक्रममा धन्यवाद दिइयो ।

प्रतिकृया दिनुहोस्