Pokharapatra National Daily

युवा रेडक्रस सर्कल भद्रकाली माविले विज्ञान संकायमा मास्क वितरण

नेपाल जुनियर युवा रेडक्रस सर्कल भद्रकाली मावि कार्यसमिति गठनपछि स्वास्थ्य सामग्री वितरण गरेको छ ।
भद्रकाली मावि स्थित विज्ञान संकाय तर्फका शिक्षक तथा विद्यार्थीहरुलाइ स्वास्थ्यमा अझै सुरक्षित हुन हालै मास्क र फेसियन गार्ड वितरण गरेको हो ।
सर्कलका संरक्षक घनश्याम रिजाल, दश जोड दुइ विज्ञान संकायका संयोजक पिताम्बर अर्यालको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपस्थित सवैले स्वास्थ्यको वारेमा चर्चा गरेको कार्यक्रममा शिक्षक नायक झक प्रधान संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्