Pokharapatra National Daily

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक गरेको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने छ। आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो।
बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोरोना महामारीबीच ४ लाख ३३ हजार २७१ जना परीक्षार्थी सहभागी थिए।

प्रतिकृया दिनुहोस्