Pokharapatra National Daily

जरुवा टोल विकास सस्थाको अध्यक्षमा पुनः सिता लामिछाने

पोखरा महानगरपालिका वडा न २७ स्थित जरुवा टोल बिकास सस्थाको अध्यक्षमा पुनः सिता कुमारी लामिछाने चयन भएकी छिन् । शनिवार भएको अधिवेशनले लामिछानेलाइ तेस्रो कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको टोल बिकास सस्थाले सामाजिक क्षेत्रमा गहन भुमिका निभाउँदै आएको छ । संस्थाको उपाध्यक्षमा जानुका भण्डारी, सचिवमा नारायणी अधिकारी, सहसचिवमा शोभा पौडेल, कोषाध्यक्षमा राधा सापकोटा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमश सरस्वती पौडेल, राधिका लामिछाने, गगा धमला र इन्दिरा अधिकारी रहेका छन् । संस्थाका अध्यक्ष सिताकुमारी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार बुद्धिराज लामिछाने लगायत वोलेको कार्यक्रममा उपाध्यक्ष जानुका भण्डारीले स्वागत गरेकी थिइन । कार्यक्रममा बोल्दै नब निर्बाचित सचिब नारायणी अधिकारीले आफ्नो टोल बाटै पनि नेतृत्व लिदै दिदी बहिनी अझै अगाडि बढ्नु पर्नेमा जोड दिइन । नवनिर्वाचित अध्यक्ष लामिछानेले आगमी दिनमा टोल बिकास सस्थालाई अझै ससक्त रुपमा अगाडि बढाउदै महिला दिदी बहिनीलाई एकजुट भइ सामाजिक कार्यमा अगाडि बढ्नु पर्नेमा जोड दिइन् ।

प्रतिकृया दिनुहोस्