Pokharapatra National Daily

कोन सामुदायिक बचत तथा ऋण सहकारी कम्प्युटर लिएर काहुँमा

वर्तमान समयमा कम्प्युटर मानव जीवनको सवै भन्दा महत्वपूर्ण अंग बन्दै गएको छ । विहानै उठेदेखी बेलुका सुत्ने समयसम्म साथै पेसागत जीवनलाई सहज र सक्रिय बनाउन कम्प्युटरको सवै भन्दा ठूलो भूमिका बन्दै आएको छ ।
सूचना र प्रविधिको तीव्र विकास र वृद्धिको कारणबाट विश्व नै घरमा बसी बसी हेर्न र सुन्न पाइएको छ । अहिले आएर नवीन सूचना र प्रविधिबाट आफूलाई सजाउन सकिएन भने जीवन दोवाटोमा अड्किन्छ । नयाँ प्रविधिसँग सहज पहुँच र प्रयोगको लागि कम्प्युटर शिक्षा आधारभुत शिक्षा बनेको छ । हिजो चक र डस्टरको प्रयोगवाट शिक्षा प्राप्त गरिएको थियो । कितावी ज्ञान सगै नविन ज्ञान सीपवाट आँफुलाइ सजाउन सूचना र प्रविधि युक्त बनाउन सहकारीले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरेको हो । पोखरा महानगरपलिका वडा नं १३ बाँझापाटन स्थित कोन सामुदायिक बचत तथा ऋण सहाकारी संस्था लि.ले शुक्रवार वडा नं ११ स्थित काहुँ आधारभूत विद्यालयमा चार थान कम्प्युटर, दुइ थान टेबुल र चारवटा कुर्चि प्रदान गरेको छ । वडा नं ११ का वडा अध्यक्ष मोहन प्रसाद वाँस्तोला र कोन सामुदायिक बचत ऋण सहकारीका अध्यक्ष तीर्थवहादुर बस्नेतले संयुक्त रुपमा विद्यालय परिवारलाइ प्रदान गरेका हुन । शिक्षण संस्थामा परम्परागत किताबी ज्ञानसँगै सूचना र प्रविधियुक्त बनाउन विद्यालयमा कम्प्युटर प्रदान गरिएको अध्यक्ष तीर्थवहादुर बस्नेतले वताए । महानगरपालिका भित्र रहेपनि धेरै कारणवाट पछाडि परेको काहुँ विद्यालयमा प्रविधियुक्त शिक्षाको ज्योति फैलाउन कम्प्युरटर प्रदान गरिएको अध्यक्ष बस्नेतले भने । विद्यालयको ४७ औ वार्षिक उत्सववाट भव्य कार्यक्रम गर्दै आएको अध्यक्षले बस्नेत जानकारी दिंदै सो कार्यक्रम देखी ५२ औं वर्षिक उत्सव सम्म ५० हजार सहयोग गर्दै आइरहेको वताए । बुबा रेशम वहादुर बस्नेतको स्मृतिमा छोरा तीर्थवहादुर बस्नेत र बुहारी उर्मिला बस्नेतले विद्यालयको बार्षिकउत्सवमा सो सहयोगको व्यवस्था गरेका हुन । सो सहयोग आगमी दनिमा पनि जारी रहने बस्नेतले भने । वडा नं ११ का वडा अध्यक्ष मोहनप्रसाद बाँस्तोलाले २०२५ सालमा स्थापना भएको विद्यालयमा दरवन्दी कटौती हुन नदिने भने । विद्यालयमा शिक्षाको गुणस्तर बढाउन आँफु सदैव सहयोग गर्न तयार रहेको अध्यक्ष बाँस्तोलाले वताए । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का मानार्थक संरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले विद्यालयलाइ गुणस्तर सुधारको लागि स्थानीयवासीहरुको सवै भन्दा ठूलो भुमिका रहने भने । विद्यालयको भौतिक विकास र गुणात्मक शिक्षाको लागि तीर्थवहादुर बस्नेत परिवारको ठूलो भूमिका रहेको सिग्देलले चर्चा गरे ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष माधवप्रसाद सिग्देल, काहुँ आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज बाँस्तोला, शिक्षक दिलीप खनाल,शिक्षासेवी चित्रप्रसाद लामिछाने लगायत वोलेको कार्यक्रममा सहकारीका सचिव शान्तकुमार श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्