Pokharapatra National Daily

बेंसीसहरमा युआरएलको तेस्रो शाखा

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले लमजुङको बेसीसहरमा शाखा खोलेको छ ।
युआरएलले बेंसीसहर शाखाबाट बिहीबारदेखि सेवा दिन थालेको छ । वेंसीसहर ८ शेराचोकमा रहेको यो युआरएलको तेस्रो शाखा हो । सेवा सुरुआतको अवसरमा युआरएलले वेसीसहर शाखमा मधुमेह र युरिक एसिड जाँच सित्तैमा र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिएको छ । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले छुट फागुन १५ गतेसम्म कायम हुने जानकारी दिए । करिब डेढ करोड लगानीमा स्थापना भएको शाखाले सबै प्रकारका रक्त जाँच गर्ने पन्तले बताए । उनले भने, ‘रगत जाँचका लागि अब लमजुङबाट पोखरा, काठमाडौं धाउनुपर्दैन । दक्ष र अनुभवी जनशक्तिबाट समयमै गुणस्तरीय सेवा दिन्छौं ।’ अध्यक्ष पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी प्रदेशका मुख्य सहरहरुमा शाखा विस्तार गर्ने योजना सुनाए । यसअघि युआरएलले तनहुँको दमौली र दुलेगौंडामा खोलिसकेको छ । २०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलको प्रधान कार्यालय पोखराको न्युरोडमा छ । करिब ८ करोड लगानी रहेको युआरएलले अहिलेसम्म साढे २ लाखलाई सेवा दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्