Pokharapatra National Daily

कुकुरहरुको निशुल्क वन्ध्याकरण शिविर सम्पन्न

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले सामुदायिक तथा घर पालुवा कुकुरमा निशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्ध खोप कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रको आयोजनामा सोमबार र मंगलबार दुई दिनसम्म चलेको शिविरमा २९ वटा पोथी र ७ वटा भाले कुकुरको बन्ध्याकरण गरिएको कार्यक्रम संयोजक डा. सपना लक्ष्मी घिमिरेले वताउनु भएको छ । पोखरा १२ माटेपानी स्थित कार्यालय परिसरमा भएको शिविरमा पशु चिकित्सकहरु डा. सपनालक्ष्मी घिमिरे, डा. रिषभ गुरागाँई, डा. भरत रेग्मी, डा. मनोज विश्वकर्मा, डा. प्रेमलाल महतो, डा. शर्मिला कुमाल र प्राविधिकहरु माधव प्रसाद आचार्य, राज भारती र चिजा गुरुङ रहनु भएको कार्यालय प्रमुख डा. शोभा शर्माले वताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्