Pokharapatra National Daily

२० बर्ष निर्णायक शक्तिमा एमाले हुन्छः अध्यक्ष ओली

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको २० बर्ष एमाले निर्णायक शक्तिको रुपमा रहने बताउनु भएको छ ।
एमाले कास्कीको ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार वोल्दै अध्यक्ष ओलीले २० वर्षजति अरू कसैले आस नगर्न अन्य पार्टीलाई आग्रह गर्दै त्यसको विकल्पमा एमाले हुने दाबी गर्नु भएको हो । गत बर्ष आफ्नो कपाल झरेको बताउदै अध्यक्ष ओलीले अहिले कपाल पलाउन थालेको बताउदै आफ्नो कपाल नरोपि आफै पलाउन थालेको दाबी गर्दै अब २० बर्ष एमालेले देशमा निर्णाय शक्तिको रुपमा रहने जनाउनु भयो । एमालेको मिसन ०८४ भनेको एकल बहुमत बनाएर राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न खोजेको उहाँले प्रष्ट्याउनु भयोे । अवसर पाएका पाएकाले झन धेरै भोकाएको अब त्यसो नहुने बताउनु भयो । लोकतन्त्रलाई गलत परिभाषा गरिदै आएको उहाँले टिप्पर्ढी गर्नु भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग बैचारिक विवाद भएकोले कहिले मिल्ने कहिले टाडिने स्वभाविक प्रकृया भएकोे अध्यक्ष ओेलीले बताउनु भयो । स्वच्छ सम्यमित भयर बहस गर्दै एक जुट भएर अघि लाग्नुपर्ने समय आएको उहाँको भनाई थियो । राष्ट्रिय शक्ति भनेको एमाले भएको दाबी गर्दै अध्यक्ष ओलीले अब निर्णायक तहमा राष्ट्रिय शक्तिमा एमालेको बहुमत चाहिने बताउनु भयो । अरु पार्टीलाई पनि साथै लियर एमालेका सुखि नेपाली समृद्ध नेपाल बनाउने अभियानमा अन्य पार्टीलाई समेटे लैजाने जनाउनु भयो । नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनु भएको थियो । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा सहकारी पिडितहरुले ज्ञापन पत्र बुझाउनु भएको छ । एमाले कास्कीको ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा आउनु भएको पूर्वप्रधानमन्त्री ओलीलाई कास्कीका सहकारी पिडितहरुले ज्ञापनपत्र बुझाउनु भएको हो । सहकारी पिडितहरुले सहकारीको रकम हिना मिना गर्नेहरुको कार्वाही सहित आफुहरुको रकम फिर्ता गराउन पहल गर्न आग्रह गरेको सहकारी प्रभावित मध्यका एक राजेन्द्र प्रसाद तिमिल्सिनाले बताउनु भयो । सहकारी पिडितहरु कार्यक्रम स्थल अगाडी पोखरा सभागृह गेट अगाडी धर्ना समेत दिनु भएको थियो । कास्कीमा करिब १० वटा सहकारीहरु समस्यामा हुदा करिब ६ अर्ब भन्दा बढीको आम पोखरेलीको रकम हिनामिना भएको छ ।

प्रतिकृया दिनुहोस्