Pokharapatra National Daily

सुशासनका लागि नागरिक समाज कास्कीको अध्यक्षमा रविन्द्र

सुशासनका लागि नागरिक समाज (सुनास)कास्कीको सातौं वार्षिक अधिवेशन तथा १२ औं साधारण सभाले रविन्द्र बाँस्तोलालाइ अध्यक्षमा चयन गरेको छ ।
बुधबार भएको अधिवेशनले उपाध्यक्षमा श्याम कुँवर, सचिवमा विष्णुप्रसाद अधिकारी, सहसचिवमा सिरोज कोइराला, कोषाध्यक्षमा विश्वमोहन अधिकारीलाइ चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा क्रमश विष्णुप्रसाद पौडेल, मीलन थापा, उपेन्द्रप्रसाद पौडेल, कुञ्जनी परियार प्यासी, शान्तिकुमारी गुरुङ र लोकनाथ गौतम रहेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले अधिवेशनको उद्घाटन गर्दै नेपालमा घुसखाने तरिका मात्र फेरिएको भएता पनि नयाँ नयाँ तरिकाले घुसखाइरहेको भने । सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष प्राडा वेदनाथ शार्माको अध्यक्षतामा भएको कर्यक्रममा समाजका पुर्व अध्यक्षहरु पुण्य पौडेल, चन्द्रकृष्ण कर्माचार्य लगायत वोलेको कार्यक्रममा सचिव रविन्द्र बाँस्तोलाले संचालन र सचिव विष्णुप्रसाद अधिकारीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्