Pokharapatra National Daily

विद्यार्थीकै सक्रियतामा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा फुड फेस्ट आयोजना

पोखरा १४ छिनेडाँडामा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा एकदिने फुड फेस्ट (खाना महोत्सव) सम्पन्न भएको छ ।
कलेजमा अध्ययनरत व्याचलर अफ होटल म्यानेजमेन्ट (बि.एच.एम) ५ औं सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा उक्त फेस्ट भएको कलेजका अध्यक्ष असोक पालिखेले बताउनु भयो । विद्यार्थीको सैद्धान्तिक सहित व्यवहारिक ज्ञान हासिल गर्न कलेजले हरेक बर्ष उक्त कार्यक्रम गर्न बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको उहाँले जनाउनु भयो ।
आफ्नो कलेजमा अध्ययनरत बिद्यार्थीहरुकै सक्रियतामा विभिन्न खानाका ७ वटा स्टलहरु रहेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिनुभयो । कलेजमा अध्ययनरत बिद्यार्थीहरुले उक्त कार्यक्रमबाट इभेन्ट म्यानेजमेन्टको ज्ञान हासिल गराउन पनि कलेजले प्रोत्साहन गर्ने गरेको प्रिन्सिपल रेग्मीको भनाई छ । कफि, वेकरी देखि ककटेलको लागि पिय पदार्थ सहितका स्टलहरु रहेका थिए भने विभिन्न सांस्कृतिक कार्यक्रम सहित रकेट ब्याण्डको पप कन्र्सट समेत आयोजना भएको कार्यक्रम संयोजक एवं कलेजकी बिद्यार्थी सलिना मगरले बताउनु भयो । कलेजमा आयोजना हुने उक्त कार्यक्रमले आफुहरुको दक्षता अभिवृद्धि गरी आत्मविश्वास बढाउन मद्धत पुग्ने उहाँले जनाउनु भयो । चौथो सेमेस्टोरका बिद्यार्थीहरुले पोखरा सडक महोेत्सवमा खानाको स्टल राख्दै आएका हुन्छन् । यसैबिच, उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा विश्वविद्यालय व्यबस्थापन संकायका डिन डा.दयाराम ढकालले कलेजमा आयोजना हुने उक्त कार्यक्रमले गर्दा बिद्यार्थीहरुमा पाककला सहित कार्यक्रम आयोजना तथा व्यबस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । नेपालमा दक्षजनशक्ति अभाव भएको अबस्थामा होटल म्यानेजमेन्टका बिद्यार्थीको स्वदेशमै धेरै माग भएको उहाँले दाबी गर्नु भयो । पोखरा १४ का वडा अध्यक्ष बोधराज कार्कीले कलेजले बिद्यार्थीहरुलाई उक्त कार्यक्रम गर्न प्रोत्साहन गरेसंगै अन्य क्षेत्रबाट पनि सहयोग गर्न आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा होटल म्यानेजमेन्टका दक्षजनशक्ति धेरै आवश्यक भएको बताउनु भयो । कार्यक्रमलाई सफल पार्न नेपाल टुरिजम बोर्ड, किंस इन्स्टिुच्यूट, पोखरा पर्यटन परिषद, रेवान पोखरा लगायतले सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस्