Pokharapatra National Daily

पोखरामा एक करोड मूल्य बराबरको कन्दमुलको कारोवार

गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्षको माघे संक्रान्तिको अवसरमा करिब एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार हुने भएको छ ।
मकर संक्रान्तिको अवसरमा पोखरामा यस बर्ष करिब एक करोड मुल्य बराबरको तरुल सहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको व्यवसायीहरु बताउनु हुन्छ ।
पोखरामा प्रति केजी ५० देखि ३ सय रुपैयासम्ममा तरुल सहित कन्दमुलको बिक्रि वितरण भएको छ । कृषि उपज बजार व्यवस्थापन समितिले पोखरा ९ शान्ति वनवाटिकामा हरेक महिनाको अन्तिम शनिबार पुष २८ गते परेर उक्त मण्डीनै बन्द हुनुले कन्दमुल बिक्रि वितरणमा ठुलो असर परेको व्यवसायको गुनासो छ । माघे शंक्रान्तिको केहीले ३÷४ दिन अघि नै कन्दमुल भित्राउनु भएको थियो भने केहीले अघिल्लो दिनमा पुष २९ मा मात्र ल्याएका कारण पोखराका खुद्रा व्यवसायीहरुले अघिल्ला बर्षको तुलनामा कम खरित गर्ने गरेको संजिमान घलेले बताउनु भयो । उहाँले गोर्खाबाट आफ्नै बारीमा फलेको सकरखण्ड बिक्रिको लागि पोखरा आउनु भएको थियो । ४ रोपनीमा लगाएको सकरखण्ड यसपाली करिब १० क्विन्टल उत्पादन भएको घलेले जनाउनु भयो । यसपाली तरुल सहितको कन्दमुल अघिल्ला बर्षको तुलनामा बिक्रि वितरण निकै कम हुदै आएको हिरयोम गुप्ताले बताउनु भयो ।
जाँते, पन्जे, सेतो तरुल त्यसै गरी वन तरुल र सकरखण्ड, पिडालु जस्ता कन्दमुल हाल पोखरामा बिक्रि वितरण सुरु भएको छ । पाल्पा, तनहुँ, गोर्खा लगायतका जिल्लाबाट आएको तरुल पोखरामा बिक्रि हुन सुरु भएको श्री कम्प्लेस कृषि उपजका एक व्यवसायी धर्म प्रसाद तिमिल्सिनाले बताउनु भयो । उहाँका अनुसार बजारमा हाल खुद्रा मुल्य प्रति केजी सकरखण्ड एक सय, जाँते तथा पन्जे तरुल प्रति केजी २ सय ५०, थापा तरुल प्रति केजी १ सयमा बिक्रि भएको छ । पछिल्लो समयमा धेरै मानिसहरुमा विभिन्न प्रकारका रोगहरु भएका कारण कन्दमुल बजारमा कम मात्रमा बिक्रि वितरण हुने गरेको व्यावसायीले बताउनु भएको छ ।
तरुल तथा कन्दमुल खादा मानव स्वास्थ्का लागि फाइदाजक हुने बताइन्छ । कन्दमुल जमिन मुनि फल्ने हुनाले भिटामिन सी, कार्वोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम जस्ता मानव शरिरका लागि आवश्यक तत्व पाइने चिकित्सकहरुले बताउदै आउनु भएको छ । कन्दमुलमा प्रोटिन भने कम पाइन्छ आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ भने मृगौला रोगीका बिरामीले यसको प्रयोग नगर्दा उचित हुने चिकित्सकको सुझाव दिएका छन्। सैबिच, माघे संक्रान्तिको अवसरमा सोमबार पोखराको ढुंगे साँघुमा माघे जात्रा सहितको हार्ट बजार समेत लाग्ने भएको छ । कृषि उपज बजार व्यबस्थापन समिति पोखरा ९ शान्ति वनवाटिकाकी योजना शहायक रुपा कुमारी दाहालले अघिल्लो बर्षको तुलनामा यस बर्ष माघे शंक्रान्तिको अवसरमा करिब ३० प्रतिशत जसो कम कन्दमुल पोखरा भित्रिएको दाबी गर्नु भएको छ । अघिल्लो बर्षमा पोखरामा एक करोड करिब ५० लाखसम्मको कन्दमुलको कारोवार हुने भए पनि यस बर्ष हाल एक करोडको कारोवार मुस्किलले हुने अनुमान उहाँको छ ।

प्रतिकृया दिनुहोस्