Pokharapatra National Daily

फागुन १ गते १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने

पोखरामा यही फागुन १ गते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ ।
सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मन्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मुलनारा स्वास्थ्यको लागि, पोखराको लागि रहेको छ ।
देशकै सबैभन्दा ठुलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्र्तराष्ट्रिय स्थरमा चिनाउदै आइरहेको छ । सन् २००२ बाट सुरु भएको यस म्याराथन १५ औ संस्करणको रुपमा हुन गईरहेको छ । देश तथा विदेशमा भइरहेका कोभिडको प्रभावलाई मध्यनजर गर्दै यस संस्करणमा विभिन्न विधाहरुलाई छुट्टा छुट्टै दिनहरुमा गर्ने गरि बिभाजन गरिएको छ । जस अनुरुप ४२.१९५ किमि म्याराथन र महिला हाफ म्याराथन फागुन १ गते शनिवार हुने भएको छ भने व्हील चेयर र दृष्टिविहिन रेस फागुन २२ गते, १० किमि महिला र पुरुष दौड चैत्र १४ गते र ५ किमि छात्र र छात्रा दौड २०७८ वैशाख ४ गते हुनेछ । साथै कोभिडको समयलाई मध्यनजर गर्दै सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन सभ्य र भव्य रुपमा संचालन गर्नको लागि सुरक्षाको सम्पूर्ण उपायहरु अबल्मबन गरी सुरक्षित रहन आव्हान गरिएको छ ।
यस सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रा. लि.को सफल दूधको मुख्य प्रायोजन रहेको छ । साथै स्वास्थ्यसंग सम्बन्ध राख्ने सफल दूधले पोखरावासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीले जनाएको छ । शुरुदेखिनै प्रायोजन गर्दै आइरहेको सफलदूधले उपभोत्ताको स्वास्थ्यप्रतिको विश्वासलाई कायम गर्नको साथै पोखरावासीको मन जित्न सफल रहदै आएको छ ।

प्रतिकृया दिनुहोस्