Pokharapatra National Daily

पोखरा इन्जिनियरिङ कलेजमा BEIT कार्यक्रमको अध्यापन सुरु

पोखरा इन्जिनियरिङ्ग कलेजले यसै शैक्षिक सत्र देखि Bachelor of Engineering in Information Technology (BEIT) कार्यक्रमको अध्यापन सुरु गरेको छ ।
कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई यही पौष २३ गते कलेजले एक अभिमूखि कार्यक्रमको आयोजना गरेको छ । कलेजका प्रिन्सिपल ई. सोम गुरुङ्गको अध्यक्षता र राष्ट्रिय अविष्कार केन्द्र, गण्डकी प्रदेशका ICT & Electronics Innovation Lab का कार्यक्रम संयोजक ई. हरि बहादुर पहाडीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई आइ टी विषयको महत्व बारे विभिन्न वक्ताहरुले प्रष्टाएका थिए । प्रमुख अतिथि पहाडीले पोखरा कलेजका उल्लेख्य विद्यार्थीहरुले आविष्कार केन्द्रमा विभिन्न तालिमहरु लिदै गरेको र कलेजसँग आविष्कार केन्द्र हातेमालो गरेर जान तयार रहेको पनि बताउनु भयो । उहाँले विश्व बजारमा अथाह सम्भावना बोकेको आइ टी क्षेत्रले वर्तमा समयमा देशलाई टुरिजमले भन्दा राम्रो आय दिएको बताउनु भयो । पोखरालाइ सिलिकन सिटीको रुपमा विकसित गेर्ने आविष्कार केन्द्रको सोच रहेकोले प्रविधिक संग जोडिएको रहेकले हस्तेमा हैंसे गर्नुपर्ने बताउनु भयो । विभागीय प्रमुख ई. सुरज बसन्त तुलाचन, परीक्षा प्रमुख ई सन्दिप गुप्ता र प्रशासन प्रमुख चिज काजी गुरुङ्गले पनि बोल्नु भएको थियो । कलेजका प्रिन्सिपल ई. सोम गुरुङ्गले बजारको माँग बमोजिमको प्राविधिक उत्पादन गर्न कलेज कटिबद्ध रहेको बताउदै आविष्कार केन्द्र संग सहकर्य गरेर जान कलेज तयार रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्