Pokharapatra National Daily

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८ लाख ८३ हजार पर्यटक आवातजावात

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट एक बर्षमा ८ लाख ८३ हजार पर्यटक आवातजावात हुनु भएको छ ।
गत पुष १७ देखि यही पुष १५ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख ८३ हजार ५ सय ३६ जना स्वदेशी तथा विदेशी पर्यटक आवातजावात गरेको नेपाल नागरिक उडड्यन कार्यालय पोखराले जनाएको छ ।
गत बर्षको जनवरी देखि नोवेम्बरसम्म पोखरामा ३ लाख ८६ हजार २ सय ५४ जना पर्यटक भित्रिदा उक्त समयमा पोखराबाट ४ लाख १२ हजार ३ सय ९४ जना पर्यटक बाहिरिनु भएको नेपाल नागरिक उडड्यन कार्यालय पोखराका प्रवक्ता जशोधा सुवेदीले बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बर्षमा १५ हजार ७ सय ८० वटा हवाई उडान भएको उहाँले जनाउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल (पुरानो) बाट गरी जम्मा एक बर्षमा १ लाख ३२ हजार १ सय १३ जना विदेशी पर्यटक पोखरामा आवातजावात गर्नु भएको कार्यालयल दिएको तथ्याङकमा उल्लेख गरिएको छ । पोखरा विमानस्थलबाट एक बर्ष गत अगें्रजी महिनाको जवनरी (गत पुष १७) देखि डिसेम्बर (यही पुष १५) सम्म करिब १६ हजार हवाई उडान हुँदा ५३ हजार ५ सय स्वदेशी तथा विदेशी पर्यटकहरुले सानो जहाज तथा हेलिकोप्टर एवं अल्ट्रालाइटमा उडान गर्नु भएको छ । यसरी समग्र रुपमा हेर्दा पोखरामा एक बर्षमा जम्मा ३१ हजार ८ सय ८० वटा हवाइ उडान हुँदा ९ लाख ३७ हजार ३६ जना स्वदेशी तथा विदेशी पर्यटकहरु पोखरामा ओहोरदोहोर गर्नु भएको छ । यो सङख्या हेर्दा पोखरामा एक बर्षमा अघिल्लो बर्षको तुलनामा करिब ३ हजार ४ सय ८३ वटा कम हवाई उडान भए पनि पर्यटकको सङख्या भने ५३ हजार ८ सय ८७ जना बढी ओहोरदोहोर गर्नु भएको कार्यालयले दिएको तथ्याङकमा उल्लेख गरिएको छ । पोखरामा गत बर्ष यति एयरलायन्सको बिमान दुर्घटना भएसंगै केही समय हवाई उडान प्रभावित भएको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएको एक बर्ष पूरा हुँदा यस विमानस्थलमा अन्तराष्ट्रिय हवाइ उडान गर्न नसके पनि रात्री कालिन सेवा सहित केही हवाइ उडान बढेको प्रवक्ता सुवेदीले बताउनु भयो । चिनको एक्जिम बैंकको ऋण सहायतामा करिब २२ अर्बको लागतमा निर्माण भएको उक्त विमानस्थलमा एक बर्षमा चाइनाबाट ३ र भुटानबाट एक गरी ४ वटा चाटर्ड उडान मात्र भएको छ । पोखरा क्षेत्रको आर्थिक कृयाकलाप थप प्रभावकारी बनाउन पोखरा अन्तराष्ट्रिय विमान्स्थलमा सिधा अन्तराष्ट्रिय हवाई उडान गर्न यहाँका निजी क्षेत्रले माग गर्दै आउनु भएको छ । पोखराबाट अब पनि अन्तराष्ट्रिय हवाई उडान गर्न ढिलाई गरे पोखराबाट पनि आन्दोलन हुन सक्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । राज्यको ठुलो लगानी र पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमान्स्थल निर्माणले गर्दा निर्माण भएका भौतिक संरचनामा भएको लगानीको सुरक्षाको लागि पनि अन्तराष्ट्रिय हवाई उडान आवश्यक भएको उहाँले माग गर्नु भयो ।
गत पुष महिनाको १७ गतेबाट स्थान्तरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुला हवाइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुदै आएको हो ।

प्रतिकृया दिनुहोस्