Pokharapatra National Daily

पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्रिएको रेवानको दाबी

रेवान पोखराले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको करिब ३ किलोमिटर सडक क्षेत्रमा आयोजना गरेको पोखरा सडक महोत्सवमा यसपाली ५ लाख पर्यटक भित्रिएको दाबी गरेको छ । महोत्सवको चौथो तथा इभको दिन आइतबार मात्र करिब साँढे २ लाख पर्यटक भित्रिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो ।
पोखरामा सोमबारसम्म चल्ने २५ औं संस्करणको सडक महोत्सवमा ५ दिनको महोत्सवमा करिब ५ लाख भन्दा बढी पर्यटक भित्रिएको उहाँले जनाउनु भयो । अंग्रेजी नयाँ वर्षको अवसरमा आगन्तुक पर्यटकहरुको लागि रेवान पोखराले आतिसबाजी समेत गराउदा पर्यटकहरुले निकै मनोरन्जन लिनु भएको थियो । आइतबार मध्यरात १२ः०० बजे आतिसबाजी अवलोकन गर्नेहरुको भिडभाडले गर्दा पोखराको लेकसाइडमा पर्यटकले भरीभराउ भएको छ । उक्त महोत्सवको अवसरमा आगन्तुक स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकषर्ण गर्न आतिसबाजी भएकोले लेकलाइड क्षेत्रमा आज(सोमबार) बिहान ३ः०० बजेसम्म पर्यटकहरुको चहलपहल भएको रेवान पोखराका पूर्व अध्यक्ष गोपी बहादुर भट्टराईले बताउनु भयो । अन्य बर्षको महोत्सवमा सहभागि हुने पर्यटकको सङख्या भन्दा यस बर्ष अझ बढी सहभागि हुनु भएको उहाँले दाबी गर्नु भयो ।
रेवान पोखराले सोमबार बिहान १ः०० बजेसम्म स्टेज सो पप कन्र्सट आयोजना गरेको थियो भने अध्याधिक ठुलो भिडभाड भएकोले सबै आन्तरिक तथा बाह्यि पर्यटक महोत्सव स्थलबाट निस्किसक्दा करिब ४ः०० बजेको थियो भने लेकसाइडमा बिहान ३ः०० बजेसम्म पनि पर्यटकको चहलपहल भएको रेवान पोखराले जनाएको छ । राति अत्याधिक भिड हुदा उक्त भिडलाई पोखराको लेकसाइड क्षेत्रमा पार्किङ देखि पर्यटकहरुलाई शान्ति सुरक्षा दिन सुरक्षार्थ नेपाल प्रहरी सहितको सुरक्षाकर्मी खटिनु भएको थियो ।
आयोजक रेवान पोखराले विगत २५ बर्ष देखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा यस बर्ष गृह मन्त्रालयबाटै अनुमति लियर मध्यरात १२ः०० बजे नयाँ अग्रेंजी बर्ष सुरु हुने भएसंगै करिब २ मिनेटको आतिसबाजि गरेको हो । पोखरा सडक महोत्सवमा आतासवाजी हुदा केही आलोचना समेत हुने हुदा यसपाली आयोजकले कानूनि रुपमै अनुमति लियर आतासवाजी गरेको रेवानले जनाएको छ । महोत्सवमा बेलुका राति पप कन्र्सट तर्फ लाहुरे र द एलिमेन्टको प्रस्तुती रहेको रेवान पोखराका महासचिव बिकास भट्टराईले बताउनु भयो ।
बर्षको ३६५ दिन मध्य सायद सबै भन्दा धेरै आन्तरिक पर्यटकहरुको आगमन हुने दिनको रुपमा आईतबार इभको दिनलाई लिने गरेको पर्यटन व्यवसायीहरु बताउनु हुन्छ । पोखराका पर्यटन व्यवसायी गणेश बहादुर भट्टराइको बिषेश अगुवाईमा अफसिजनमा पोखराको पर्यटन प्रबद्र्धन गर्न सुरु गरिएको उक्त महोत्सवलाई सफल पार्न सरकारी तथा गैरसरकारी सहित विभिन्न कर्पोरेट हाउसहरुले समेत राम्रै सहयोग गर्दै आउनु भएको छ भने उक्त महोत्सवमा ५ लाख पर्यटकहरु भित्रिएको अध्यक्ष भट्टराईले दाबी गर्नु भयो । सडक महोत्सवले पोखराको लेकसाइड मात्र नभई पोखरा आसपास सहित समग्र कास्की र गण्डकी प्रदेश हुदै देशलाई नै आर्थिक कृयाकलाप चलायमान बनाउन मद्धत पुगेको उहाँले दाबी गर्नु भयो । पोखराको लेकसाइडमा जारी २५ औं संस्करणको पोखरा सडक महोत्सवमा सहभागि हुन आउने पर्यटकको सङख्यामा बृद्धिभएसंगै पोखरामा आन्तरिक पर्यटकमा बृद्धि भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।
महोत्सवमा कला संस्कृति झल्कने विभिन्न जनजातिको भेषभुषा सहितको नृत्य एवं झाँकी प्रर्दशनी गरीने भएको संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताउनु भयो । महोत्सवमा विभिन्न खेलकुद कार्यक्रम, गित संगित तथा कला क्षेत्रलाई उच्च प्रथामिकता दिएको खेल संयोजक पूर्व अध्यक्ष सुर्य बहादुर भुजेलले बताउनु भयो । सडक महोत्सवको करिब ३ किलोमिटर क्षेत्रमा रंगरोगन सहित धोजा पोतका सहित व्यानरले निकै झकीझकाउ बनाइएको छ भने सडक अगाडीका होटल, रेष्टुरेण्ट देखि विभिन्न व्यवसायीक प्रतिष्ठानहरुले सडक पेटि हुदै केहीले सडकसम्म आफ्नो किचन देखि व्यवसायको स्टल ल्याउनु भएको छ ।

प्रतिकृया दिनुहोस्