Pokharapatra National Daily

माघ २७ देखि पोखरामा टाइगर कप भलिवल प्रतियोगिता हुने

पोखरामा यही माघ २७ गते देखि टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिवल प्रतियोगिता २०७७ हुने भएको छ ।
कोरोनाबाट प्रभावित भएको खेलकुद क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गतेसम्म उक्त प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा महिला तर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाण्डौं रहेका छन भने काठमाण्डौंको न्यु डायमन्ड एकेडेमी बिच राउण्ड रोविनका आधारमा लिग हुने भएको ग्रुपका अध्यक्ष नारायण शर्माले बताए । गण्डकी प्रदेशबाट महिला टिम किन नभएको भन्ने प्रश्नमा अध्यक्ष शर्माले भलिवलको र्याङकिङ ४ टिम प्रतियोगितामा सहभागिता गराएकोले गर्दा प्रदेशको टिम सहभागिता गराउन नसकिएको जनाए । त्यसै गरी पुरुष तर्फ भने गण्डकी प्रदेश सहभागि हुने भएको छ । प्रतियोगितामा प्रदेश सहित तीन विभागिय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाण्डौं रहेका छन् । प्रतियोगितामा विजेता टोलीलाई जनही १ लाख ५० हजार, उपविजेता टोली महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजार, तेश्रो हुनेलाई ३५÷३५ र शान्त्वना हुनेलाई जनही १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट हुने महिला तथा पुरुष तर्फका एक एक जना खेलाडीलाई जनही २० हजार प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्टस्पाइकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने र ५ लाख प्रतियोगिताबाट बचत गरी ग्रुपले सामाजिक क्षेत्रमा सहयोग गर्ने भएको प्रचार संयोजक तथा आवास संयोजक रामकृष्ण ज्ञावालीले बताए । पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका ज्ञावालीले पोखरामा यस्ता खेलकुद हुनुले थोरै भए पनि खेलकुद चलायमान हुने जनाए । प्रतियोगिता अवलोकनको लागि दर्शकहरुले लिगको खेल अवलोकन गर्दा एक सय रुपैया, सेमिफाइनलको खेल अवलोकन गर्दा एक सय ५० रुपैया र फाइनल खेल अवलोकन गर्दा भने २ सय रुपैयाको टिकट काट्नु पर्ने भएको अध्यक्ष शर्माले जनाए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा नेपाल भलिवल संघको समन्वयमा, पश्चिमाञ्चल भलिवल संघको संयोजन,पोखरा महानगरपालिकाको बिषेश सहयोग र सफल दुधको सहयोगमा उक्त प्रतियोगिता हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
ग्रुपका सदस्य चक्रप्रसाद गौचन(खगेन्द्र)लाई विरेठाँटी माविको अध्यक्ष जस्तो पदमा चयन भएको भन्दै ग्रेपले सम्मान पत्रको साथमा दोसला ओढायर सम्मान गरेको अन्तराष्ट्रिय भलिवल रेफ्रि टहलसिंह थापाले बताए । पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको पिपल्स च्वाइस विधामा उपाधि जितेकी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही भने न्यू डाइमण्डबाट मैदानमा उत्र्तिने भएको भलिवल संघका केन्द्रिय उपाध्यक्ष याम बहादुर गुरुङले जनाए ।

प्रतिकृया दिनुहोस्