Pokharapatra National Daily

पोखरामा मुख्य ४ जिल्लाका सुन्तला

गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य गरी ४ जिल्लाका सुन्तला भित्रिने गरेको छ ।
पोखरामा स्याङजा, पर्वत, बागलुङ र म्याग्दी जिल्लाबाट बिषेश गरी सुन्तला बिक्रीको लागि पोखरामा भित्रिने गरेको व्यवसायीहरुले बताउनु हुन्छ । विगत १२ बर्ष देखि सिजन अनुसार सुन्तलाको व्यापार गर्दै आउनु भएको समिरि श्रेष्ठ हिजोआज बिहानैदेखि सुन्तला बिक्री र खरिद गर्न भ्याई नभ्याई हुने गरेको छ । पोखराको कृषि उपज बजार(शान्ति वन वाटिका) क्षेत्रमा किसानले उत्पादन गरेका सुन्तला सिधै किसानसंग खरिद गर्ने त केही आफै समेत किसानको बारीमा पुगेर सुन्तला ल्याउने गरेको उहाँले बताउनुभयो । सायद केही जिल्लामा यस बर्ष सुन्तलाको फल लागेको समयमा असिना आएकोले गर्दा केही सुन्तलामा आकार सानो भएको र दागी भएको श्रेष्ठले बताउनु भयो । उहाँले करिब एक ट्रक सुन्तला बिक्रीको लागि प्रदेशका विभिन्न जिल्लाबाट सुन्तला खदि गनर््ु भएको हो । बजारमा सुन्तला बिक्री हुन कठिन भएको अबस्थामा किसानले वोटमै सुन्तला महङ्गो भन्ने गरेको श्रेष्ठले गुनासो गर्नु भयो । कृषि उपज बजार शान्ति वन वाटिकामा विगत लामो समय देखि सुन्तलाको सिजनमा खुन्तला खरिद बिक्री गर्दै आउनु भएका महेश खड्काले यस बर्ष करिब १५ लाखको सुन्तलाको कारोवार गर्ने लक्ष्य राख्नु भएको छ । उहाँले स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा उत्पादन भएका सुन्तला खरिद बिक्रि गर्नु भएको छ । उहाँले हाल कृषि उपज बजारमा प्रतिकेजी सानो ३० रुपैया देखि ठुलो ग्रेडिङ गरेको १ सय रुपैयामा होलसेल सुन्तला बिक्रि गरेको जनाउनु भयो ।
सुन्तलाको सिजन हाल जारी रहेकोले हालसम्म सन्तोसजनक व्यापार भएको खड्काले एटुजेडलाई बताउनु भयो । खड्का र श्रेष्ठ जस्ता कैयौं व्यापारीले पोखरामा हाल सुन्तला बिक्री वितरण गर्नु भएको छ । उक्त सुन्तला खुद्र बजार मुल्य भने ५० देखि १ सय ५० सम्म पर्ने गरेको छ । पोखरा आएको सुन्तला पूर्व तर्फ जाने गरेको व्यवसायीहरुले बताउनु भयो । प्रदेशका मनाङ र मुस्ताङ बाहेक अन्य जिल्लाबाट कहिले काहिँ पोखरामा सुन्तला भित्रिने गरेको छ । मानव स्वास्थ्यका दृष्टिले सिजन अनुसारको सुन्तलामा भिटामिन सि देखि धेरै तत्व पाइन्छ ।

प्रतिकृया दिनुहोस्