Pokharapatra National Daily

उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउन अध्यक्ष नेपालको आग्रह

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको अर्थतन्त्रमा केही समस्य भएको दाबी गर्दै त्यसबाट पार लगाउने गरी सरकारले उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउन आग्रह गर्नु भएको हो । देशको अर्थतन्त्र समस्या भएका कारण धेरै व्यवसाय समस्याग्रस्त भएको दाबी गर्दै उहाँले व्याजदर घटाउने, ऋण चुक्ता गर्ने समय अवधि बढाउनु पर्ने,कर्जामा सहुलियत दिने बिषयमा सरकारले बृहत् छलफल गर्नु पर्नेमा जोड दिनु भयो । अर्थतन्त्रलाई सुधार गर्ने बिषयमा सरकारले अविलम्व कदम चाल्नु पर्ने उहाँले सुझाव थियो । ऋण लिए पछि ऋण चुक्ता गर्ने पर्ने दाबी गर्दै अध्यक्ष नेपालले समाजमा बिखण्डन गर्ने गरि केही तत्व लागेकोले यस प्रति सचेत हुनु पर्ने बताउनु भयो । प्रधानमन्त्रीले अझ बढी गम्भीर भएर राज्य संचालनमा लाग्नु पर्ने अध्यक्ष नेपालले सुझाव दिनु भयो । कृषि उत्पादनसंग जोडीएको अर्थतन्त्र भएमा दिगो अर्थतन्त्र हुने उहाँको भनाइ थियो । नेपाललाई कृषिमा आत्मनिर्भर बन्ने बिषयमा कृषि बिज्ञहरूसंग छलफल गरी ठुलो क्षेत्रमा कृषि उत्पादन गर्नु पर्ने नेपालले बताउनु भयो । रोजगार, शुसासन र समृद्धिको पार्टीको अभियान रहेको बताउदै उहाँले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्नु पर्ने बताउनु भयो । आफ्नो पालामा कुनै पनि जग्गा नदिएको दाबी गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारले देश बिग्रिएको बताउनु भयो । बिदेशी लगानी भित्राउने गरि अघि बढ्नु पर्ने उहाँको भनाई थियो ।
एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको अध्यक्ष नेपालले दाबी गरे । उनले अन्य पार्टीसंग अफ्नो पार्टी विलिन नहुने दाबी गरे । जेठको पहिलो साता हुने अधिवेसनले पार्टीलाई थप मजबुद पार्ने उनको भनाई थियो । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीका अध्यक्ष रुद्रबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको सचिव भिम थापाले बताए ।

प्रतिकृया दिनुहोस्