Pokharapatra National Daily

पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनमा बासुदेव पौडेल

पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको पन्ध्रौं अधिवेशनले बासुदेव पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
यसैगरी कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वसन्त रेग्मी, उपाध्यक्षमा विष्णु कुमार वास्तोला, महासचिवमा भिम प्रसाद आचार्य, सचिव सालिकराम बास्तोला,कोषध्यक्ष शिव गिरी, सहकोषाध्यक्ष किशोर रसाईली, सदस्यहरुमा तारा बुढाथोकी, गणेश बास्तोला, किरण थापा, सागर नेपाली, धर्म बहादुर बिष्ट, भिम बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
अधिवेशन उद्घाटन ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ गर्नु भएको थियो । निवर्तमान अध्यक्ष विश्व प्रसाद कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रम एसोसिएसनका महासचिव भिम प्रसाद आचार्यले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा केन्द्रिय दोश्रो उपाध्यक्ष ईश्वर खड्का, उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक रन बहादुर विश्वकर्मा तथा केन्द्रिय सदस्य खोकाजी श्रेष्ठ, पोखराका पूर्व अध्यक्ष ऋषि गिरी, सल्लाहकार अम्बर बहादुर गुरुङ, रुद्रलाल श्रेष्ठ, याम प्रसाद पौडेल, दिपेन्द्र राई, नारायण बास्तोला, बिभिन्न हार्डवेयरका प्रतिनिधिहरु, समाजसेवी, एसोसिएसनमा आबद्ध ब्यवसायी तथा ब्यवसायीहरुका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष विश्व प्रसाद कर्माचार्यले आफ्नो कार्यकालमा कार्यसम्पादनमा सहजिकरण गर्न खटिनुहुने सबैलाई आभार ब्यक्त गर्दै नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना सहित बधाई दिनु भएको थियो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले आफुले महासंघको नेतृत्व समालेपछि केहि महत्वपूर्ण कार्यहरुको थालनी भएको बताउनु भयो । राज्य गम्भिर नभएसम्म ग्रील तथा स्टील ब्यवसायीहरुको अवस्था सुधारगर्न कठीनाइ हुने भएकाले महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री, सभामुख, उद्योग मन्त्री, उर्जा मन्त्रीलाई भेटी ब्यवसायीहरुको हितमा नीतिगत निर्णय गर्न सरकारलाई दवाब स्वरुप सात बुँदे ज्ञापनपत्र बुझाईएको र त्यसलाई नेपाल सरकारले गंभिरतापूर्वक लिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले गएको तिस बर्षमा गर्न नसकेका कामहरु आफ्नो नेतृत्वको समितिले तिन बर्षमा गर्न सक्ने क्षमता राख्ने भन्दै यसको लागि सबैले साथ र सहयोग दिनु पर्नेमा जोड दिनुभयो । महासंघका दोश्रो उपाध्यक्ष ईश्वर खड्काले नयाँ कार्यसमितिले नीति र बिधान भित्र रहि संस्थालाई अझ उचाईमा पु¥याउन सफल बनोस् भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
निर्विरोध निर्वाचित भए पछि बोल्दै अध्यक्ष पौडेलले यो संगठन चलाउन निकै कठीन भएपनि अहिले निर्वाचित टिम मजबुद भएकोले आम ब्यवसायीहरुको समस्याको उचित समाधान गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिकृया दिनुहोस्