Pokharapatra National Daily

बेगनासतालमा मोटरबोट बन्द गर्न महानगरको निर्देशन

विगत ६ महिना देखि बेगनासतालमा संचालनमा रहेको मोटरबोट बन्द गर्न निर्देशन दिइएको छ । बेगनासताल डुंगा व्यवसायी समितिलाई एक पत्र लेखेर पोखरा महानगरपालिकाले मोटरबोट बन्द गर्न निर्देशन दिएको हो ।
मोटरबोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पु¥याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको जनगुनासो आएका कारण महानगरले तत्काल मोटरबोट बन्द गर्न आदेश दिएको आदेश जारी गरेको पत्रमा उल्लेख गरिएको छ । मोटरवोट सञ्चालन गर्दा अनुमति नलिएको भनि बेगनासताल मत्स्य व्यवसायी समिति र स्थानीयको पटक पटक गुनासो आएकाले महानगरले बन्द गर्न निर्देशन दिइएको महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले बताए । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको समेत गुनासो आएको प्रमुख तिवारीले जनाए ।
महानगरले मोटरवोट बन्द भए, नभएको अनुगमन गरी जानकारी गराउन वडा कार्यालय पोखरा ३१ लाई निर्देशन समेत दिइएको छ । बेगनासताल डुंगा व्यवसायी समितिका पुर्व अध्यक्ष समेत रहेका ढकनाथ कंडेल पोखरा ३१ का हाल वडाध्यक्ष समेत हुन् । यस बिषयमा उहाँले बेगनासको पर्यटन प्रर्बद्धन गर्ने बिषयमा मोटरबरोट बन्द गर्नु उचित निर्णय नभएको बताए । त्यसको बिषयमा छलफल गरेर मात्र त्यसलाई उचित ढंगले व्यबस्थापन गर्नुपर्ने उनको भनाई छ । आफुहरुले उक्त मोटरबोट संचालनको अनुमती दिएको उनले जनाए । बेगनासको पर्यटन प्रबद्र्धन गर्ने भन्ने तर पर्यटकलाई आकषर्ण गर्ने बिषयमा महानगरले एक्लैटि ढंगले बन्द गर्न नहुने उनले प्रतिकृया दिए । बेगनासताल मत्स्य व्यवसायी समितिले रामसार सूचीमा सूचीकृत बेगनास तालमा मोटरबोट सञ्चालन रोक्का गरिदिन महानगरलाई केही समय अघि पत्र सहित आग्रह गरेको थियो । बेगानास तालमा मोटरवोट संचालन हुदा ५४ घर परिवारको जीविको पार्जन लगायत वातावरणमा प्रत्यक्ष असर पुगेको भन्दै रोक्का गरिदिन जलारी समुहले केही समय अघि महानगरमा ज्ञापन पत्र बुझाउनु भएको एक व्यवसायी राजेन्द्र जलारीले बताए । महानगरको उक्त निर्णय स्वागत योग्य भएको उनले जनाए । उक्त मोटरवोट संचालनकै क्रममा पनि यस बिषयमा केहीले संचालन गर्नु पर्छ केहीले गर्न हुन्न भन्ने बिबाद रहेको झलक जलारीले बताए । पोखराको सुन्दर ताल बेगनास तालमा यसरी मोटरवोट चलाउदा यहाँको वातावरणमै असर पर्ने उनले जनाए । ५० लाखको लागतमा उक्त मोटरबोट पोखरा भित्राइएको थियो ।

प्रतिकृया दिनुहोस्