Pokharapatra National Daily

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट सुरु

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बिहीबारदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो ।
खेल विकासका लागि पूर्वाधार निर्माणसँगै खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले खेललाई व्यवसायिकरुपमा स्तरोन्नति गर्दै जानुपर्ने बताउनुभयो । खेलमा शारीरिक तथा मानसिक क्षमताको संयुक्त प्रदर्शन हुने बताउँदै अध्यक्ष ओलीले खेलबाट पहिचान र गरिमा बढाउन सकिने बताउनुभयो ।
एमाले नेतृत्वको सरकारको समयमा दशरथ रङ्गशालादेखि देशका विभिन्न रंगशालाको निर्माण गरेको उहाँले सुनाउनुभयो । मदन भण्डारी फाउन्डेशनले खेलका माध्यमबाट राष्ट्रको गरिमा बढाउन गरेको सुरुवात प्रशंसनीय भएको उहाँको भनाइ छ । ओलीले जवसम्म खेलाडीहरु व्यवसायीक बन्न सक्दैनन तथ सम्म खेलकुदको विकास नहुने बताए । पूर्ण रुपमा जबसम्म व्यवसायिक रुपमा खेलाडीहरु हुन सक्दैनन तवसम्म राज्यले मात्र चाहेर खेलकुदको विकास नहुने उनको भनाई थियो ।
आर्थिक परिवेश, उनको जीवन, परिवार सबै कुरा सम्बन्धित हुने बताउदै पूर्व प्रधानमन्त्री ओलीले त्यसको समन्वय गराउने काम सरकारको भएको दाबी गरे । पोखरा रंगशालाको क्रिकेट मैदानको स्तरउन्नतीको लागि आफुहरुले समेत पहल गर्ने उनले बताए । खेलकुदको विकासको लागि कुनै काम गर्न सरकारले बाँकी नराख्ने गरी काम गर्न पूर्व प्रधानमन्त्री ओलीले आग्रह गरे । खेलाडीहरुलाई प्रोत्साहन गर्ने, खेलकुदको लागि अनकुलको वातावरा मिलाउने, खेललाई गौरवको बिषय र क्षमताको बिषय पनि बनाउन उनले आग्रह गरे । शारीरिक मानसिक क्षमताको संयुक्त खेलमा प्रर्दशन गरी राष्ट्रको पहिचान खेलकुदले गराउन सक्ने उनकोे दाबी थियो । नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओलीले एकेडेमीले सुरु गरेको उक्त प्रतियोगितालाई अझ भव्य रुपमा सम्पन्न गर्न आग्रह गरे । कार्यक्रममा पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमालेका पालामा धेरै खेलकुदका रंगशालाहरु निर्माण भएको दाबी गर्दै खेलकुद बुझेको सरकार नहुदा खेलकुद पछि परेको आरोप लगाए । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले खेलाडीले गर्ने उत्कृष्ट प्रदर्शनले देशको गरिमा बढ्ने बताउँदै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नेकपा एमाले नेतृत्वको सरकारका समयमा खेल क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताउनुभयो । कार्यक्रममा मदनभण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, उपाध्यक्ष राजेश गुरुङ लगायतले धारणा राख्नुभएको थियो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा बागमती प्रदेशले आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम माथि सान्दार जित हासिल गरेको हो ।
बागमतीले १ सय ९ रनको बिशाल अन्तरले एकेडेमीलाई पराजित गरेको हो । पहिला टस हारेर पनि व्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ८४ रन जोड्न सफल भएको थियो । १ सय ८५ रनको लक्ष्य पाएको एकेडेमीले १४ ओभर २ बलमा अलआउट हुदै ७५ मात्र रन बनाएको थियो । राष्ट्रिय टिमका चर्चीत खेलाडी सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उर्तिएको बागमतीका रित गौतमले ७४ रनको योगदान दिए । एकेडेमीका कप्तान अमर मिश्र र विजय प्रजापतीले समान १३÷१३ रन जोडे । बागमतीका सन्दीपले भने ४ विकेट लिन सफल भए ।
उक्त प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आमी क्लव, शसस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम सहित १२ टिम सहभागि सहभागि भएको एकेडेमीका गण्डकी इन्चार्ज राजेश कुमार गुरुङले बताए ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाए । त्यसै गरी दोश्रो हुने टिमले २ लाख पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । उक्त खेल आईसीसीको नियम अनुसार खेलाइने टि–ट्वान्टी उक्त प्रतियोगिताको म्यान म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयां, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च लाग्ने एकेडेमीले जनाएको छ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द प्लेयर’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘प्लेयर अफ द म्याच’ हुनेले नगद रु पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । ‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो ।

प्रतिकृया दिनुहोस्