Pokharapatra National Daily

फेसवुक मार्फत सम्पर्कमा आए देवकुमार नेपाली

घरै घरका धनी ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफुलाई ज्यान मार्ने धम्कीका कारण सम्पर्कविहिन भएको फेसबुक मार्फत जानकारी गराउदै अब छिट्टै शहकारीको बचत कर्ताहरुको हिसाव मिलान गर्ने बताएका छन् ।
‘इमेज बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष समेत रहेका नेपालीले आफ्नो बुर्तिवाङ, पोखरा र काठमाण्डौंमा मात्र १८ वटा घर सहितको जग्गा भएको दाबी गर्दै शेयरका बचतकर्ताहरुको अब उपयुक्त वातावरण भए लगत्तै हिसाव मिलान गर्ने बताएका हुन् । इमेज सहकारीमा १० हजार ऋण भएकाहरुले १० लाख माग्दै आफु र आफ्नो परिवारलाई नै ज्यान मार्ने धम्की दिएको कारण सम्पर्क बाहिर भएको जानकारी गराउदै मेयर तथा सहकारीका अध्यक्ष नेपालीले सबै क्षेत्रबाट आफ्नो सम्पत्ति मार्फत शहकारीका बचत कर्तालाई हिसाव हिमाल गर्ने वातावरण भए छिट्टै हिसाव मिलान गरी ढोरपाटन नगरपालिकामा फर्किने बताए ।
उक्त सहकारीमा २ अर्बको डिपोजिट नै नभएको दाबी गर्दै उनले ५० लाख ऋण लिएकाहरुले समयमै व्याज र कर्जा नबुझाई कम ऋण लिएको प्रतिकृया दिने गरेको अध्यक्ष नेपालीले बताए । आफु ढोरपाटनको मेयर भएसंगै शहकारीमा समय दिन नभ्याएका कारण कर्मचारीका कारण शहकारीको रकम हिनामिना भएको उनको आरोप छ । आफ्नो शहकारीमा समस्या आउन थालेकोले ६ महिना भित्र सबैको हिसाव मिलान गर्छ भन्दा बचत कर्ताहरु एकै पटक शेयर फिर्ता माग्नु आएसंगै केहीले आफुहरुलाई ज्यान मार्नै धम्की दिएको कारण हाल आफु सम्पर्क विहिन हुनु परेको फेसवुकमा उक्त कुरा उल्लेख गरेका छन् । पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी स्थापना गरी सर्वसाधारणको २ अर्ब अपचलन गरेको उक्त शहकारीका बचत कर्ताहरुले आरोप लगाउदै आएका छन् ।
सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्क विहिन भएसंगै बचतकर्ताले पोखरा र बागलुङमा प्रहरी सामु उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरुमा पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै तर्फ सूचित गरेको थियो ।
इमेज सहकारीका ५ सय २५ जना शेयर सदस्यहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा ५८ करोड बराबरको (बिगोे)सहकारीका अध्यक्ष नेपालीले हिनामिना गरेको आरोप लगाउदै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताए । बागलुङमा उक्त सहकारीका ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको दाबी गरिएको छ भने पोखरामा करिब ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ नेपालीले अपचलन गरेको शेयर बचत कर्ताहरुको आरोप छ ।
एउटा सहकारीको दुई ठाँउमा दुबै ठाँउको एउटै व्यक्ति अध्यक्ष हुनु अबैधानिक कार्य भई रहदा नियमनकारी निकाय मौन हुदा आफुहरुको रकम हिनामिना भएको पिडितहरुको गुनासो रहेको छ । सहकारी ऐनले जनप्रतिनिधि सहकारीको अध्यक्ष हुन नहुने र एउटै व्यक्ति २ वटा सहकारीको संचालक हुन नपाउने व्यवस्था गरेको छ । अध्यक्ष एवं मेयर नेपालीले ४ पृष्ठमा आफ्नो भनाई सहित ३ अर्ब बराबरको सम्पक्ति भएको कित्ता नम्बर सहित उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्