Pokharapatra National Daily

आई एन एफ नेपालको ७१ औं वार्षिकोत्सव कार्यक्रम

आई एन एफ नेपालको ७१ औं वार्षिकोत्सव कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालमा स्वास्थ्य सेवाका लागी अग्रणी संस्था आई एन एफ, ग्रामिण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग गर्ने र सामाजिक समावेशीतालाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको तथ्य उजागर गर्दै पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आई एन एफ नेपालसंग सहकार्य गरि अघि बढ्ने प्रतिवद्घता व्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमका सभापति एवम् आई एन एफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदान सहित गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएको तर्फ जोड दिनुभयो । कार्यक्रममा उद्घाटन मन्तव्य बोर्ड सल्लाहकार डा. दीपेन्द्र कुमार गौतम र स्वागत मन्तव्य बोर्ड उपाध्यक्ष राजेन्द्र कुमार अधिकारीले राख्नुभएको थियो । आई एन एफ नेपालका गतिविधी र दीर्घकालीन योजनाका बारेमा कार्यकारी निर्देशक कृष्ण अधिकारीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अतिथिहरुमा पोखरा महानगरपालिकाका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधान, वडा नं. १५ का वडाध्यक्ष तोरण बहादुर बानिया, गैससं महासंघ नेपालका अध्यक्ष राम प्रसाद सुवेदी, पोखरेली खीष्टीय समुदायका अध्यक्ष राम प्रसाद शर्मा, आई एन एफ ईन्टरनेशनल बोर्डका अध्यक्ष फिल लिण्जे हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रममा डा. सर्ली हेउडलाई ११ औँ स्वास्थ्य अर्वाड नेपाल बिजेता हुनुभएकोमा तथा डा. शुभेच्छा देवा श्रेष्ठलाई फिगो अर्वाड यूके बिजेता हुनुभएकोमा सम्मान गरिएको थियो । त्यस्तै, ओ.बि.ई. इन द किङ्स न्यू यिएर अर्बाड,यूके.द्वारा सम्मानित हुनुभएकोमा डा. माइकल स्मिथ तथा इकेएफ डेभलपमेन्ट करपोरेसन इन मेडिसिन अर्वाड, जर्मनी विजेताद्घय दोरथी दास परियार र थम बहादुर गुरुङलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुका बारेमा स्वास्थ्य सेवा निर्देशक डा. अरुण कुमार बुढाले जानकारी गराउनुभएको थियो । कार्यक्रममा वि.सं.२०७७ पछि अवकाश प्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिनुका साथै खेलकुद सप्ताहका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । हरियौखर्क अस्पतालका कर्मचारीहरूद्घारा विविध साँस्कृतीक गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रमको सन्चालन कर्मचारी धनमाया गुरुङले गर्नुभएको थियो । सो समारोह अघि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
वि. सं २००९ सालमा स्थापित आई एन एफ ले नेपाल सरकारसँग हातेमालो गर्दै कुष्ठरोग तथा क्षयरोगको क्षेत्रमा योगदान पु¥याउदै आइरहेको छ । संस्थाले सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा हरियोखर्क अस्पताल लगायत तीन अस्पतालसंगै बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की र गोरखा जिल्लाहरुमा अविछिन्न रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्