Pokharapatra National Daily

पुतली बाजेको निधन

पोखरामा बस्दै आएका सामाजिक व्यक्तित्व पुतली बाजे अर्थात कोलिन स्मिथको निधन भएको छ । पुतलीको संग्रहमा जीवन अर्पेका ८८ वर्षिय पुतली बाजेले गएराती धर्ती छाडेका हुन् ।
स्वास्थ्य अवस्था कमजोर बनेपछि विगत २ महिनादेखि पुतली बाजे हरियो खर्क अस्पताल पोखरामा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार विहान ३ बजे निधन भएको जनाइएको हो ।
आफ्नो मामाबाट प्रभावित भएर पुतली बाजे पुतली संकलनमा लागेका थिए । पुतली संकलनमै रमाउँदै नेपाल बसेका उनले आफ्नो जन्म देश वेलायत त्यागेका थिए । वेलायत त्यागेर जीवनभर नेपाल बसेपनि उनले चाहेजस्तो नेपालको नागरिक भने हुन पाएनन् । उनलाई नेपाल सरकारले २०१९ मा मानार्थ नागरिकता प्रदान भने गरेको थियो ।
२९ वर्षमै नेपाल आएका उनी पुतलीको अध्ययनसहित पोखरा, गोरखा र काठमाडौँमा बसेर शिक्षण पेशा अप्नाए ।
पुतली बाजेले नेपालका विभिन्न ठाउँका पुतली संकलन गरेर पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना नै गरेका छन् । उनले करीब पाँच सय प्रजातिका पुतली संकलन गरी गरेका छन् ।

प्रतिकृया दिनुहोस्