Pokharapatra National Daily

मुक्तिनाथ जानको लागि भारतको धार्मिक पर्यटन टोली पोखरामा

विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी, काठमाण्डौं क्षेत्र लगायतबाट नेपाल भ्रमणमा निस्केको भारतको एक जम्बो टिम यति वेला पोखरा आएको छ । लुम्बिनी, काठमाण्डौंका विभिन्न मठ मन्दिरको दर्शन पश्चात मनकामना मन्दिर हुदै शुक्रबार पोखरा आएको उक्त टोली आइतबार हिमालपारीको जिल्ला मुस्ताङ प्रस्थान गर्ने भएको छ ।
शुक्रबार पोखरा आएको टोलीले शनिबार पोखरामा र्याली सहित पोखराको फेवातालमा ढुंगा सयर सहित तालवाराही मन्दिरको दर्शन गरेको छ । कोरोना र आर्थिक मन्दिका कारण पोखरा सहित देशका अधिकांश पर्यटकीय स्थानहरुमा न्यून सङख्यामा पर्यटक आगमन भएको अबस्थामा यति वेला पोखरामा भारतबाट एउटा जम्बो टोली आउनु निकै खुसिको कुरा भएको होटल मझेरी रिसोर्टकाका अध्यक्ष अर्जुन खनालले बताए । १३ दिन नेपालमा भ्रमणमा निस्केको धार्मिक पर्यटकको उक्त टोली लुम्बिनी, काठमाण्डौं, भक्तपुर, ललितपुर हुदै पोखरा आएको हो ।
केही दिन अघि नेपाल आएको ७ सय ३० भारतीय धार्मिक पर्यटक टोली मुक्तिनाथ मन्दिरको दर्शन गर्न आइतबार मुस्ताङ प्रस्थान गर्ने भएको हो । भारतको गुजरात लगायतको क्षेत्रबाट नेपालमा १३ दिनको भ्रमणमा निस्केको उक्त टोलीले नेपालका धार्मिक तीर्थस्थलमा दर्शनको लागि एकैपटक ठुलो सङख्यामा पोखरा सहित यस क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन गर्न टोली आएको अध्यक्ष खनालले बताए । होटल मझेरी रिसोर्ट र नेभिरा होटलले उक्त पर्यटकहरुलाई पोखरामा आवासिय सहितको व्यबस्थापन गरेको खनालले जनाए । धेरै सङख्यामा पर्यटक भित्राउन पनि आफुहरुले विगत ४ महिना अघि देखिको तयारीमा उक्त टोलीलाई पोखरामा करिब ४ दिनको बसाईको व्यबस्था मिलाएको उनले जनाए । नेपालमा हाल पर्यटन आगमनमा निकै ह््रास आएको अबस्थामा यसरी धार्मिक पर्यटक र धार्मिक गुरुबाट नेपालका धार्मि तिर्थ स्थलहरुमा अवलोकन गराउदा उनीहरुका अनुयायीहरु स्वत आउने वातावरण हुने उनको भनाई थियो । आइतबार उक्त टोली ५४ जना हवाई मार्ग हुदै र अन्य करिब एक सय वटा स्कोरपियो गाडीमा मुक्तिनाथ प्रस्थान गर्ने भएको छ । भारतका मात्र नभई मुल घर भारत घर भई पेशा र व्यवसायको दृष्टिले विश्वका विभिन्न मुलुकमा रहेका स्वामीका अनुयायीहरु एक भई यसरी धार्मिक पर्यटन प्रबद्र्धनमा निस्केको हो । धार्मिक पर्यटक भए पनि अहिले आएको टोली अली बढी खर्चालु भएको नेभिरा होटलका संचालक राजु अधिकारीले बताए । माउण्टेन भ्यू देखि पोखरा क्षेत्रमा भएका सहासिक खेल गतिविधिमा समेत केही पर्यटकहरु सहभागि हुने उनले जनाए । उक्त टोलीले लुम्बिनीमा जानकी मन्दिरको दर्शनी पछि, काठमाडौं लगायतको ठाँउमा भ्रमण पश्चात शुक्रबार पोखरा आएको हो । कोरोना र आर्थिक मन्दिको कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई उक्त टोलीको आगमनले गण्डकी प्रदेशको राजधानि पोखरा सहित समग्र नेपालकै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने होटल व्यवसायी अधिकारीले बताए । भारतको गुजरातका चर्चीत स्वामी जितेन्द्रियप्रियदासजी महाराजले शनिबार पोखराका पत्रकारसंगको भेटघाट कार्यक्रममा बोल्दै नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए । परापूर्वककाल देखि नेपाल र भारतको सम्वन्ध प्रगाड रहेको उल्लेख गर्दै उहाँले नेपालको अधिकांश क्षेत्र भगतावको तिर्थ भूमि भएको दाबी गरे । नेपालमा पर्यटकहरुलाई गरिएको आतिथ्यताले आफुहरु थप प्रभावित भएको बताउदै स्वामी महाराजले नेपाल मामा भान्जाको सम्बन्धले गर्दा आफ्नै घरमा आएको भान हुने उल्लेख गरे । विश्व बिन्दु महासंघ नेपालका सहअध्यक्ष शंकर खरालले नेपालमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकोले यसको प्रचार प्रसार छिमेकी मुलुकबाट सुरु गर्नुपर्ने बताए । राज्यले नेपालको धार्मिक पर्यटनको महत्व बुझ्न नसकेको दाबी गर्दै उहाँले राज्यले यस क्षेत्रमा न्यून लगानी गरेको गुनासो गरे । नेपाल अध्यात्मिक पर्यटनको केन्द्र हुने सहअध्यक्ष खरालले जनाए । टोलीले शनिबार स्वामी महाराजलाई पोखराको लेकसाइडमा परिक्रमा गराएको थियो ।

प्रतिकृया दिनुहोस्