Pokharapatra National Daily

संविधान कार्यान्वयनको विकल्प नभएको वक्ताहरुको जोड

असोज ३ अर्थात संविधान दिवस । यस अवसरमा दशै भरी यो दिवस मनाइएको छ ।
यसैबिच, गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकार मुल समारोह समितिको आयोजनामा आज पोखरामा झाँकी सहितको र्याली एवं एक समारोहका बिच संविधान दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको ऐतिहासिक संविधान भएको उल्लेख गर्दै यसको कार्यान्वयनको विकल्प नभएकोमा जोड दिनु भएको थियो । जनताद्धारा निर्वाचित जनप्रतिनिधिहरुले दुई पटक लगायर २०७२ सालमा विश्वकै नमुना संविधान बनाएकोले अब त्यसलाई कार्यान्वयन नगर्नुको विकल्प नभएको वक्ताहरुको भनाई थियो । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङले सुशासन कायम गर्दै शान्ति प्रकृया टुंगोमा पुर्याउन नसकेमा परिवर्तन बिरोधीले चलखेल गर्ने मौका पाउने बताए । गण्डकी प्रदेश सरकार मुल समारोह समितिले बुधबार पोखरामा आयोजना गरेको संविधान दिवस २०८० को कार्यक्रममा सम्बोधन गर्दै उहाँले सुशासन विकास समृद्धि प्राप्तीको लागि संविधानको व्यवहारिक कार्यान्वयनमा ध्यान दिन जरुरी रहेको उल्लखे गरे ।स्वदेशमै नै रोजगारको अवसर सृजना गर्नको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई लगायतका क्षेत्रमा व्यापक र दुरगामी महत्वका कार्यक्रमहरु संचालन गर्न आवश्यक भएको प्रदेश प्रमुख गुरुङले बताए ।
उक्त कार्यक्रममा प्रदेशका सभामुख कृष्ण धितालले संविधानाको विकल्प नभएको बताउदै समय सापेक्ष संसोधन गर्नुपर्नेमा जोड दिए । निवर्तमान मुख्य मन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले आफुहरु अग्नीपरिक्षामा होमीनु पर्ने बताउदै वीर शहिदको रगतले लेखिए संविधानको टिप्पर्णी गर्ने कसैलाई छुट नभएको बताए । उनले संविधान प्रति कटिबद्ध सबै कटिवद्ध हुनु पर्नेमा जोड दिए । पोखरा महानगरका मेयर धनराज आचार्यले जनआन्दोलनबाट २०७२ सालमा प्राप्त संविधान, उत्कृष्ट संविधान भएको दाबी गरे । शिक्षा विधेयकमा केही संसोधन गर्नुपर्ने उनको भनाई थियो । असोज ३ अर्थात संविधान दिवस यस अवसरमा गण्डकी प्रदेशको राजधानि पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बताइन् । उक्त अवसरमा पोखरामा झाँकी सहितको र्याली प्रर्दशन गरिएको थियो । उक्त समारोहका प्रमुख अतिथी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङलाई ब्याण्ड बाजा सहित स्वागत तथा नेपाल प्रहरीले सलामी समेत दिएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव बद्रीनाथ अधिकारीले बताए । उक्त अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठान, जोजिज्यू म्युजिक सेन्टर(स्कुल) का कलाकारको प्रस्तुति रहेको थियो । पोखराको शहिदचोकबाट सुरू भएको र्याली मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय परिसरमा आयोजित मुल समारोहमा परिणत भएको थियो । उक्त समारोहका प्रमुख अतिथी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङलाई ब्याण्ड बाजा सहित स्वागत तथा नेपाल प्रहरीले सलामी समेत दिएको थियो । उक्त अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठान, जोजिज्यू म्युजिक सेन्टरका कलाकारको प्रस्तुति रहेको थियो । पोखराको शहिदचोकबाट सुरू भएको र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा आयोजित मुल समारोहमा परिणत भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव बद्रीनाथ अधिकारीले बताउनु भयो । यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शासकीय आयामको सुधारमा गण्डकी प्रदेश क्रियाशील रहेको बताए । गण्डकी प्रदेश सरकार मुल समारोह समितिले बुधबार पोखरामा आयोजना गरेको संविधान दिवस २०८० को कार्यक्रममा वोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रदेश सरकारले नागरिकको समृद्धि र उन्नयनको खाका कोर्दै प्रदेशवासीको प्रतिव्यक्ति आय बढाउने, दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने तर्फ केन्द्रित भएको मुख्यमन्त्री पाण्डेले दाबी गरे । बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, प्रदेशभित्र सडक सञ्जालको पहुँच स्थापित गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ र गुणस्तरीय बनाउने तर्फ योजनाबद्ध विकासमा नयाँ पाइला चालेको उनको दाबी थियो । सुशासन, सेवा प्रवाहमा सहजता, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, शासनमा नागरिकको पहुँच अभिवृद्धि जस्ता शासकीय आयामको सुधारमा गण्डकी प्रदेश क्रियाशील भएको उनको भनाई छ । यातायात व्यवस्था कार्यालयहरुको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटो छरितो बनाउन सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरी प्रतिवेदनका आधारमा सवारीचालक अनुमतिपत्रको सरलीकरण, सवारी साधन चालकअनुमतिपत्रको राजश्व अनलाईन प्रणाली मार्फत तिर्न सक्ने व्यवस्था, सवारी चालक अनुमतिपत्रलाई सिफ्ट प्रणालीमा सञ्चालन गरी सेवा प्रवाहलाई सुधार गरिएको मुख्यमन्त्री पाण्डेले दाबी गरे ।
प्रदेश सरकार स्थापना भएदेखि नै नागरिकले अनुभूत गर्ने शासकीय अभ्यासलाई लोकतान्त्रिक विधि र पद्धति अनुरूप सञ्चालन गरिएको उनले जनाए । हाम्रा लागि संघीय शासन प्रणाली नयाँ अभ्यास भएपनि यस अवधिमा भएका विधि निर्माणका लागि गरिएका वैधानिक व्यवस्था, संस्थागत एवम् संरचनागत व्यवस्था, मानव संशाधनको आपूर्ति एवम् क्षमता विकास, विकास निर्माणका उपलब्धिहरु, सेवा प्रवाह सहज बनाउन सरकारबाट गरिएका प्रयासहरुले गण्डकी प्रदेश सरकारले आम नागरिकका सामु देख्न सक्ने, छुन सक्ने र अनुभव गर्न सक्ने अवस्थामा आफुलाई उभ्याएको उनको दाबी छ । उनले भने “हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं, यसर्थ संविधानले निर्दिष्ट गरेका लक्ष्यहरु प्राप्तिको दिशामा अघि बढ्नुपर्ने आजको मूल दायित्व हो ।” सविधान कार्यान्वयनमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार एवम् आम जनसमुदायबाट सरकारलाई सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्