Pokharapatra National Daily

नमस्ते एजुकेशनको गुरुङ सांस्कृतिक फोटो प्रतियोगिता

पोखरामा प्रधान कार्यालय रहेको नमस्ते एजुकेशन इन्स्टिच्यूट प्रालिले गुरुङ साँस्कृतिक फोटो प्रतियोगिता सम्पन्न गरेको छ ।
सो इन्स्टिच्यूटले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सव तथा गुरुङहरूको महानचाड ल्होछारको अवसरमा आयोजना गरेको प्रतियोगितामा चन्द्र गुरुङ प्रथम भएका छन् । त्यसै गरी द्वितीय रजनी गुरुङ र तृतीय करुणा गुरुङ तथा दर्शक छनौटमा सन्जु गुरुङ परस्कृत भएको उक्त संस्थाका संचालक कर्ण गुरुङले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार सहित प्याराग्लाइडिङ्ग, बन्जिजम्प र साँग्रिला भिलेज पोखरामा एक रात बासको सुविधा प्राप्त गरेका छन् ।
त्यस्तै द्वितीय हुनेले नगद रु. १० हजारको साथमा प्याराग्लाइडिङ्ग र बन्जिजम्पको पुरस्कार प्राप्त गरेका छन् । तृतीय हुनेले नगद रु. ५ हजार सहित प्याराग्लाइडिङ्ग र टावर क्लाइमिङ्गको पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै दर्शक छनौट तर्फ परस्कृत हुनेले नगद रु. ५ हजार सहित प्याराग्लाइडिङ्ग र टावर क्लाम्बिङ्गको पुरस्कार प्राप्त गरे । सो प्रतियोगितालाई प्याराग्लाइडिङ्ग सौजन्य बिग स्माईल प्याराग्लाइडिङ्ग नेपाल, बन्जि सौजन्य बन्जि नेपाल एड्भेन्चर र होटेल सौजन्य साँग्रीला भिलेज पोखराले सौजन्य गरेको गुरुङले जानकारी दिए । बैदेशीक अध्ययनको क्षेत्रमा परामर्श दाता कम्पनीको रुपमा विगत १५ बर्षदेखि काम गर्दै आएको उक्त संस्थाले गुरुङ भेषभूषा तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस्