Pokharapatra National Daily

विश्वकर्मा समाज (पर्वत, स्याङ्जा, कास्की) द्धारा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

विश्वकर्मा समाज (पर्वत, स्याङ्जा, कास्की)द्वारा २०७९ सालको एसईईमा उत्तीर्ण विश्वकर्मा समुदायका छात्रछात्राहरुलाई सम्मान कार्यक्रम समाजका अध्यक्ष चन्द्रकिशोर गौतमको सभापतित्व र गण्डकी प्रदेशका माननीय सांसद गोविन्द बहादुर नेपालीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा विश्वकर्मा समुदायका ५५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित सभामा प्रमुख अतिथि गोविन्दबहादुर नेपालीले समाज र राष्ट्र परिवर्तनमा विश्वकर्मा समुदायको ठूलो योगदान रहेको बताए । राजनीतिका लागि दलहरुको स्थापना नहुँदै बागलुङका भगत सर्वजित विश्वकर्माले जातिय आन्दोलन शुरु गरेका थिए । अझैपनि देशमा भएका विश्वकर्माहरु एकजुट भई आफ्नो हक अधिकारका लागि अगाडि बढिरहनुपर्नेमा जोड दिए । यसरी लागिरहँदा मिजार समुदाय, परियार समुदाय र अन्य समुदायलाई पनि एकसाथ लिई अगाडि बढ्नुपर्छ, एकता बिना आन्दोलन सफल हुन नसक्ने बताए । एसईई दिएर उच्च शिक्षा हासिल गर्दै गर्दा समाजमा रहेका विकृति विसंगतिसँग जुधेका कुरा बिर्सनु हुँदैन । सँगसँगै समाज रुपान्तरण पनि सहयोग पु¥याउनु पर्नेमा बताए । समाजका सल्लाहकार एवम् जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत डिएसपी श्रवण कुमार विश्वकर्माले शिक्षाले नै मानिसलाई सक्षम बनाउँछ, शैक्षिक ज्ञानसँगै व्यहारिक ज्ञान सँगै व्यवहारिक ज्ञान लिन जरुरी छ भन्दै जीवन उपयोगी प्रशिक्षण मूलक मन्तव्य राख्नुभएको थियो । त्यसैगरी पत्रकार कमल पौडेलले समाजका गतिविधिहरुले क्रियाशीलतालाई अगाडि बढाई परिवर्तनको सम्वाहक बन्नुपर्ने बताउनुभयो । स्याङ्जाली सम्पर्क समाजका अध्यक्ष एवम् सल्लाहकार तारा गौतमले समाजले छोटो समयमा उत्कृष्ट कार्यक्रम गर्न सकेकोमा बधाई दिँदै हर बखत सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा विश्वकर्मा सेवा समाजका अध्यक्ष भविन्द्र विश्वकर्मा, सिटीईभिटीका प्रशासकीय अधिकृत आशा विश्वकर्मा, फेडोका (द.म.संघ) कार्यक्रम संयोजक ईश्वरी वि.क. समाजका सल्लाहकार रामबहादुर सुनार (पूर्व वडाध्यक्ष), त्यसैगरी अलकापुर टोल विकास संस्थाका अध्यक्ष बेल बहादुर वि.क., ममिता गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष ऋषिराम विश्वकर्माले समाजका यस्ता कार्यक्रमहरुले चेतना बढाउनुका साथै राम्रो सन्देश दिने कुरा बताउनुभयो । कार्यक्रमका सभापति चन्द्रकिशोर गौतमले समाज स्थापना गर्नुको उद्देश्य, शिक्षा स्वास्थ्य बेरोजगारी जस्ता समस्या र तिनका समाधानका लागि प्रशिक्षण, अन्तरक्रिया गरी ठोस कदम चाली समुन्नत समाज निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । कार्यक्रममा समाजका कोषाध्यक्ष धनबहादुर सुनारले आर्थिक नियमावली प्रस्तुत गर्दै समाजका सदस्य बिरामी भई उपचार गर्दा समाजको सहयोग रहने, मर्दा पर्दा सदस्यको परिवारलाई १० हजार राहत प्रदान गरिने बताउनुभयो ।
कार्यक्रम सञ्चालन समाजका सचिव खडक बहादुर सुनार रसाइलीले गर्नुभएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष श्याम बहादुर रसाइलीले धेरै भन्दा धेरै विद्यार्थी सहभागी गराउने उद्देश्य हुँदाहुँदै पनि मौसमको प्रतिकूलताका कारण सहभागी गराउन नसकिएको जानकारी दिँदै आगामी दिनमा समाज केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्