Pokharapatra National Daily

कर्मफ्लाईटस्द्धारा रुकुमपूर्व र बाग्लुङका १३४६ बालवालिकालाई न्यानो ज्याकेट वितरण

प्याराग्लाइडिङका पाइलटहरुको संस्था कर्मफ्लाईटस् पोखराले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाग्लुङ र रुकुम पुर्वका १३ वटा विद्यालयका १३४६ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरिएको जनाइएको छ ।
गत पौष १ देखि ८ गते सम्म सम्वन्धित विद्यालयहरुमा पुगी न्यानो ज्याकेट वितरण गर्ने क्रममा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ स्थि तगत भदौमा आएको विनाशकारी बाढी बाट प्रभावित विद्यालय श्री सरस्वती आधारभुत विद्यालय सुकुरदुङ र श्री जनचेतना प्राथमिक विद्यालय सुप्राङका जम्मा २४२ जना बालवालिकाहरुलाई जाडोमा न्यानो ज्याकेट वितरण कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमको संयोजन शिक्षक जीवन घर्ति मगरले गरेका थिए ।
जिल्लाको निसीखोला गा.पा.को वडा नं २ का ७ वटा विद्यालयका प्रा.वि. तहमा अध्ययन गर्ने तथा तिनका मातहतमा रहेका ८ वटा बाल विकास केन्द्रका गरि जम्मा ७०७ जना विद्यार्थीहरुलाई गाउँपालिकाको रु २ लाख ७४ हजार १७, विद्यालयहरुको रु ५३ हजार १ सय ६५ तथा संस्थाको रु ६ लाख ५० हजार ५ सय ५५ गरि निसीखोला –२ मा मात्र जम्मा रु ९ लाख ७७ हजार ७ सय ३७ बरावरको लागतमा ज्याकेट वितरण गरिएको निसीखोला –२ न्यानो ज्याकेट वितरण समितिका संयोजक पूर्णलाल अर्यालले जानकारी दिए ।
त्यस्तै गरि रुकुम पूर्वको पुथा उत्तरगंगा वडा नं ५ स्थित श्री देउराली मावि हुकामका ४३ जना र सोही वडाको श्री आधारभुत विद्यालय गर का ६९ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण तथा विद्यालयहरुलाई १÷१ भलिवल, २÷२ सेट स्पीकिङ रोप र पुन प्रयोगजन्य कपडाको मास्क वितरण गरिएको थियो भने सोहि पालिकाको वडा नं ६ स्थित श्री जनजागृति आधारभुत विद्यालय मयाङका सम्पूर्ण २१२ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट, भलिवल, स्कीपिङ,रोप र मास्क र वडा नं १ मैकोट स्थित श्री पुथा हिमालय माविका ३८ जना छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई न्यानो ज्याकेट तथा विद्यालयका सवै ५५० जना विद्यार्थी र शिक्षकहरुलाई पुनप्रयोग जन्य कपडाको विशेष खालको मास्क, १÷१ वटा भलिवल र फुटबल तथा ३ सेट स्किीपिङ रोप सहयोग गरिएको स्थानिय र यस कार्यक्रमको संयोजक समेत रहेका पत्रकार कर्मसहि घर्ति मगरले बताए ।
कर्मफ्लाईटस् फाउन्डेशनले सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गर्ने क्रममा पछिल्ला केही वर्षदेखि मैकोटको पुथा हिमालय माविमा सहयोग गरिरहेको र हाल थप २ वटा वडा (वडा नं ५ र ६) का ३ वटा विद्यालयमा कार्यक्रम विस्तार गरिएको फाउन्डेशनले जनाएको छ ।
बालवालिकाहरुले चिसो मौसममा निशुल्क ज्याकेट प्राप्त गर्दा अभिभावकहरु निकै खुशी भएको र कार्यक्रमले विद्यार्थीको पढाईमा थप हौसला र नियमित विद्यालयमा उपस्थित भै पठन पाठनमा सहयोग पुग्ने निसीखोला गाउँपािलका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्माले विश्वास व्यतm गरे ।
शैक्षिक सुधार कार्यक्रम अन्र्तगत हरेक वर्षको हिउँदमा संस्थाले दुरदराज र हिमाली भेगका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि स्थानिय निकायको समेत सहकार्य र संयोजनमा निशुल्क न्यानो ज्याकेट वितरण कार्यक्रम गदै आइरहेको मा २०७२ साल देखि हाल सम्म गोरखा, कास्की, तनँहु , रुकुम र बाग्लुङ गरि १०,०४३ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट कार्यक्रमले संवोधन गरिएको संस्थाका अध्यक्ष भूपालसिंह गुरुङले जानकारी दिए ।
कर्मफ्लाईटस्को लोगो अंकित ज्याकेट नेपालमै उत्पादन गरि वितरण गरिएको र परियोजनाले कोरोना को बेला संकुचनमा परेको आर्थिक गतिविधिीलाई टेवा पु¥याउँदै कम्तीमा २ महिनाको लागि २० जना कामदारको लागि रोजगारी सिर्जना गरि आर्थिक सबलीकरणमा सहयोग पु–याएको र समग्र परियोजनामा कुल १३४६ जना विद्यार्थीलाई पािलका र विद्यालयहरुको आर्थिक सहकार्य बाहेक संस्थाको मात्र रु १० लाख ८७ हजार ४ सय १३ ( बन्दोबस्ती सहित) खर्च भएको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताए ।

प्रतिकृया दिनुहोस्