Pokharapatra National Daily

कृषि विकास बैंकको वार्षिकोत्सवमा खुल्ला रक्तदान

कृषि विकास बैंकको ५४ औं वार्षिक उत्सवको अवसरमा बैंकमा क्रियाशिल दुई वटा कर्मचारी संगठन नेपाल वित्तिय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा पोखरा विन्ध्यवासिनी मन्दिरमा शुद्ध पिउने पानीको लागि मेसिन तथा कृषि विकास बैंक, पोखराको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा विन्ध्यवासिनीमा शुद्ध पिउने पानीको लागि मेसिन वितरण कार्यक्रमको अध्यक्षता कर्मचारी संगठन नेपालका अध्यक्ष भेषराज घिमिरेले गरेका थिए भने कार्यक्रमको बारेमा नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष बद्रिनारायण पौडेलले प्रकाश परेका थिए । मन्दिर व्यवस्थापनको तर्फबाट तिर्थ श्रेष्ठलाई प्रमुख अतिथि कृषि विकास बैंकका निर्देशक रघुनाथ न्यौपानेले सामाग्री हस्तान्तरण गरेका थिए भने कार्यक्रम राजेन्द्र सुवेदीले सञ्चालन गरेका थिए । त्यस्तै युनियनहरुद्धारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको अध्यक्षता दुवै युनियनका अध्यक्ष भेषराज घिमिरे एवं वद्रिनारायण पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रम संचालन कृषि विकास वैंक लि. कर्मचारी संगठनका सह–संयोजक सन्तोष थापाले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र सुवेदीले दिएका थिए ।
उक्त कार्यक्रममा ५४ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा विशेष अतिथि मुख्य शाखा प्रबन्धक माधव रिजाल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे तथा प्रमुख अतिथि निर्देशक रघुनाथ न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिकृया दिनुहोस्