Pokharapatra National Daily

बैंकको चर्को व्याजको कारण पोखरा ट्रेड मलका २० प्रतिशत सटर खाली

पोखराको ठुलो व्यापारीक प्रतिष्ठान पोखरा ट्रेड मलमा हिजोआज चहल पहल ह्वात्तै घटेको छ । देशको आर्थिक मन्दीका कारण त्यसको प्रभाव उक्त मलमा प्रत्यक्ष रुपमा परेको पोखरा ट्रेड मल संचालक समितिका अध्यक्ष मिनराज काफ्लेले बताए ।
हाल मलमा ८० सटर खाली भएको गुनासो गरे । ५ सय ४ वटा सटर रहेको मलमा हाल बैंक तथा वित्तीय संघ सस्ंथाको चर्को व्याजदरले गर्दा २० प्रतिशत सटरहरु खाली भएको अध्यक्ष काफ्लेले जनाए । मलबाट ब्राण्डेड पसलहरु नै विस्थापित हुन थालेको बताएका उनले अहिलेको अबस्थामा कम्तिमा पनि १० प्रतिशत भन्दा कम व्याजदरमा कर्जा लगानी गर्ने वातावरण सृजना गर्न माग गरे । विश्वकै आर्थिक मन्दीका कारण नेपाल र पोखरा क्षेत्रमा पनि यसको प्रत्यक्ष प्रभाव परेको अध्यक्ष काफ्लेले बताए । यसमा मौद्रिक नीति र सरकारले केही नीतिगत निर्णय गर्न नसकेको खण्डमा जेनतेन पर्ख र हेरको अबस्थामा रहेका व्यवसायीहरु पनि विस्तारै अब विस्थापित हुने बाटोमा लागेको उनले दाबी गरे ।
यही अबस्थामा देश अघि बढेमा बेरोजगार झन बढ्दै जाने, व्यवसायबाट हात झिक्ने अबस्था आउने अध्यक्ष एवं फेन्सी व्यवसायी संघमा समेत आबद्ध भएका काफ्लेले जनाए । बैंकहरुले व्याजदर बढाएको बताएका उनले पेट्रोेलियम पदार्थको मुल्य बृद्धिले गर्दा ढुवानी खर्च बढेसंगै बस्तुको मुल्यमा स्वभाविक रुपमा केही महङ्गोमा बिक्रि गर्नु पर्ने अबस्था आएको उनले जनाए । देशको यस्तो अबस्थामा बैंक तथा वित्तीय संघ संस्थाहरुले अन्य समयमा भन्दा केही कम मुनाफा खाएर पनि व्यवसायलाई अहिलेको अबस्थामा बचाउन तर्फ लाग्नु पर्ने व्यवसायी काफ्लेले जनाए ।
उनले भने “हाम्रो बस्तुको मुल्य महङ्गो भएको छ, जसले गर्दा मार्जिन घटेको छ, व्याज बढी तिनुपर्दा हामीलाई व्यवसाय गर्न धेरै मुस्किल परेको हो, आम जनताको क्रयशक्ति समेत घटेका वेला यसबाट व्यवसाय र आम जनतालाई पनि असर पर्ने भयो । ” १ सय १२÷१३ को प्रति अमेरीकी डलरको मुल्य हिजोआज १ सय ३२ पुग्नु समग्र विदेशबाट बस्तु आयात गर्दा यसले प्रत्यक्ष असर पारेको काफ्लेले जनाए । भन्सारमै सामान रोकिएकोमा गुनासो गर्दै उनले भन्सारमा सामान रोकिनुले व्यवसायीहरु ठुलो मारमा परेको जनाए । पोखरा क्षेत्रमा मात्र नभई देशका ठुला शहरहरुमा खाली सटर हुनुले देशमा आर्थिक चलायमान बनाउने क्षेत्र व्यवसायमा प्रत्यक्ष प्रभाव हो भनी राज्यले बुझ्नु पर्ने अध्यक्ष काफ्लेको भनाई छ ।

प्रतिकृया दिनुहोस्