Pokharapatra National Daily

फेवातालमा डुंगा पल्टदा बृद्धाको मृत्यु

पोखराको फेवातालमा डुङ्गा पल्टिएर बेहोस भएकी एक बृद्धाको मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब ४ः१० बजेको समयमा एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर पानीमा डुब्न पुगेकी पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका १ बगरको एकै परिवारका पाँचजना सवार डुङ्गा पल्टिदा अन्य चार जनालाई स्थानिय युवा तथा सुरक्षाकर्मीको सहायताले तत्काल सकुसल उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. श्रवणकुमार बिकले बताए । डुङ्गामा सवार भएका ५ जनाले लाइफ ज्याकेट लगाए पनि वृद्धा डुङ्गा मुनि परेकोले बेहोस भएकी बृद्धाको उद्धार गरी गण्डकी मेडिकल कलेज पुराएसंगै अस्पतालले मृत घोषणा गरेको थियो ।
हवाहुरीले तालमा डुङ्गा पल्टदा डुङ्गामा सवार भएका ४ जना तालमा तैरिएको अबस्थाबाटै सकुशल उद्धार गरिएको स्थानियले बताए । उक्त डुङ्गा पोखराको तालवाही मन्दिर भन्दा दक्षिण पट्टिको भागमा पल्टिन पुगेको थियो । उक्त डुङ्गा पल्टदा याममाया गिरीकी छोरा राजु गिरी, बुहारी कुमारी गिरी, नाती बिशाल गिरी र नातिनी एलिजा गिरीको सामान्य उपचार पछि हाल घर फर्किएको पोखरा १ का वडा सदस्य शोभा गुरुङले पोखरापत्रलार्ई बताईन्। याममायाको शव पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा राखिएको उनले जनाइन् । एकै घरका ५ जना फेवाताल घुम्न गएको अबस्थामा एकाएक हावाहुरी आउदा डुङ्गा पल्टना पुग्दा लाइफ ज्याकेट लगाए पनि डुङ्गा मुनि परेका कारण याममायाको निशासियर तथा पानी खायर मृत्यु भएको हुन सक्ने फेवा डुंगा व्यावसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए ।

प्रतिकृया दिनुहोस्