Pokharapatra National Daily

राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई

पोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा दुई दीन चलेको उक्त प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्य गरी ४४ पदक सहित पोखरा प्रथम भएको हो ।
३० स्वर्ण पदकको लागि भएको प्रतिष्प्रर्धामा रुपा गाउँपालिकाले २ स्वर्ण र ४ कास्य सहित ६ पदक प्राप्त गरी दोश्रो भएको छ । त्यसै गरी ९ रजत र ९ काँस्य गरी १८ पदक सहित माछापुच्छ«े गाउँपालिका तेश्रो भएको छ । अन्नपूर्ण गाउँपालिका ७ रजत र ८ काँस्य गरी १५ पदक सहित चौथो स्थानमा रहेको छ । मादी गाउँपालिका पदक विहिन भयो । विजेतालाई उपाधिको साथमा १२ हजार, उपविजेतालाई ९ हजार प्रदान गरिएको थियो ।
पोखरा महानगरपालिकाको जितमा सविना खातुनले ५ स्वर्ण, एन्जल अधिकारीले ४ स्वर्ण पदक दिलाए । पोखरा रामघाटमा रहेको टप्स मावि कक्षा ९ मा अध्ययनरत खातुनले ४ सय मिटर, ८ सय मिटर, हाइजम्प, रिले तर्फ दुई स्वर्ण गरी ५ स्वर्ण पदक दिलाएकी हुन्। त्यस्तै पोखरा २७ को त्रिवेणी पब्लिक स्कुलकी एन्जल अधिकारीले १ सय मिटर, २ सय मिटर, लङजम्प र रिलेमा गरी ४ वटा विधामा स्वर्ण पदक जितेकी हुन् । पोखरा महानगरको एथ्लेटिक्स तर्फका प्रशिक्षक शंकर शाहले पोखराका छनौट भएका खेलाडीहरु कास्की जिल्लामा छनौट हुने गरी थप मेहनत गर्ने बताए । मार्सल आर्ट सहित ९४ जना खेलाडीहरु जिल्ला स्तरिय प्रतियोगिताको लागि खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डि.बि.नेपालीले बताए ।
विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ, नेपाल भारतोलन संघका केन्द्रिय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट ९४ खेलाडी छनौट भएका छन् । सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गरेको हो । ९४ खेलाडीमध्ये एथलेटिक्समा २२, उसुमा १२, करातेँ १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनौट गरिएको हो । छात्र र छात्रा दुवै गरी ९४ खेलाडी छनौट भएका हुन् । मार्सलआर्टमा पोखरा महानगरपालिकाको बाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनौट भएका हुन् । अन्य खेलमा भने छनौट गरिएको हो । एथलेटिक्स छात्रा तर्फ एन्जल अधिकारी, सविना खातुन मिया, अनुष्का अधिकारी, नारायणी भण्डारी, संगिता घर्ती, कविता मगर, सम्पदा गुरुङ, रेखा विक,सिर्जना केसी, विनिता विक र पवित्रा गुरुङ रहेकी छिन् । वैकल्पिक खेलाडीमा सिर्जना केसी, दिपा पोडेल, शोनिका विक र अप्सरा भुजेल रहेकी छिन् । छात्रतर्फ रिशव श्रेष्ठ, कुशल पोखरले, सन्दिप क्ुँवर, प्रवेश आचार्य, तेन्जेन रोका मगर, मनिष जिसी, लव पोखरेल, नरेश विक, आसिष कार्की र रितेश विक रहेका छन् । वैकल्पिक खेलाडीतर्फ दिपेश यादव, विराज परियार र राजिव थापा रहेका छन् ।
भलिबल छात्रातर्फ सजिना बुढाथोकी, स्माइल पुन, कृष्ला बलाम, जमुना गुरुङ, तुलकुमारी तिलिजा, मनिषा राई, शोभा मगर, विन्दु विक र सुस्मिता विक रहेकी छन् । वैकल्पिक खेलाडीमा आकृति थापा र दिपा थापा रहेकी छिन् । छात्रतर्फ आसिष सुनार, मदन छन्त्याल, सुदिप परियार, टाइसिन गुरुङ, किसान थापा,, सुजन बुढाथोकी, समिर विक, प्रतिक श्रेष्ठ र मञ्जुर मिया रहेका छन् । वैकल्पिक खेलाडीमा विद्धान विक, आसिष नेपाली, रञ्जन सुनार रहेका छन् । कबड्डी छात्रातर्फ संजु घर्ती, भिमसरा विक, रोजिना कुँवर, रोजिना सुनार, स्विकृत केसी, दिविसा ज्यु ठकुरी, सुष्मा कुँवर, पुनम कुँवर र करुणा नेपाली रहेकी छिन् । वैकल्पिक खेलाडीमा पुष्पा श्रीपाली, एलिना परियार, अनिता परियार र अनिषा सुनार रहेकी छिन् । छात्रतर्फ उचित रिमाल, सौगात भट्टराई, समिर शाही, सुशान भुजेल, रोहन खत्री, भविन पुन, मदन राना, सुमिन गुरुङ र आयुष विक रहेका छन् । वैकल्पिक खेलाडीमा अशोक पोडेल, निसान तामाङ र राजेश गुरुङ रहेका छन् ।

प्रतिकृया दिनुहोस्