Pokharapatra National Daily

मुनाल सहकारी तेह्रौ वर्षमा प्रवेश

पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको बाह्रौं वर्ष पुरा गरी आइतबारबाट तेह्रौं वर्षमा प्रवेश गरेको छ ।
आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा संस्थाले शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनको निर्माण सहयोगार्थ रु पच्चिस हजार आर्थिक सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताइएको छ ।
एक कार्यक्रमका बीच शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समितिका सह–कोषाध्यक्ष राधे श्रेष्ठलाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु, कर्मचारीको उपस्थिती रहेको थियो । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्य गर्दै आईरहेका संस्थाका सचिव मगनलाल श्रेष्ठले बताए ।
२०६५ माघ ०३ गते देखि कारोबार सञ्चालन गरेको जिल्ला कै अग्रणी यो सहकारीकोकास्की जिल्ला भर कार्यक्षेत्र रहेको छ । सहकारीले पोखराको नयाँबजार स्थित आफ्नै निजी भवनबाट आफ्ना सेय र सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाका प्रवन्धक अम्बर थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्